जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

काठमाडौँ२७ माघ: युवा संघ नेपालको केन्द्रीय समिति सचिवमा जाजरकोटका राजन थापा चयन भउका छन । युवा संघको आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले जाजरकोटका थापालाई चयन गरेको हो । लामो समय युवा संघको राजनितिमा क्रिायाशिल थापा काठमाडौँमा छोटा राजनका रपमा चर्चित छन ।
प्रचण्ड र माधब नेपाल समुह बाहिरिएपछि नेकपाको युवा संघले केन्द्रीय समिति पुर्नगठन गरेको छ । आगामी आमचुनावलाई लक्षित गर्दै युवासंघले केन्द्रीय समिति बिस्तार समेत गरेको छ ।

 

युवा संघको आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्ष चयन गरेको छ । त्यस्तै युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी बन्नुभएको छ ।
महासचिव रमेश आचार्य चयन भएका छन । उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ ।
त्यसैगरी राजन थापा, सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिवमा चयन भएको युवासंघले जनाएको छ ।
त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको छ । राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ । भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ ।
को हुन छोटा राजन ?
काठमाडौँको अस्कल क्याम्पसबाट राजनिति सुरु गरेका थापा  रुपन्देहिको बुटवल आठौ महाधिबेशन महाधिबेशनबाट निर्वाचित भएका हुन । जाजरकोट कुशे गाउँपालिका ५ स्थायी घर भएका थापा राजधानी केन्द्रित राजनिति गर्दै आएका छन । सामाजिक सञ्जालमा खरो बिचार राख्ने नेता थापा बुटवल महाधिबेशनमा युवा संघको सबैभन्दा कान्छा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनि जाजरकोटका केपी समुहका जिल्ला कमिटी सदस्य समेत हुन् ।

सम्बन्धित खवर

Back to top button