जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

दिपेन्द्र थापा मगर
जाजरकोट ५ फागुन: जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ६ रिसिना गाउँमा जन्मनुभएको जनक बुढा सङ्ग DM ONLINE TV ले एउटा अन्तरबार्ता लिएको छ। जसमा उनी र उनको स-परिवार रहेका छन।
गाएक जनक बुढा जन्मिदै दृष्टि गुमाएका थिय। तरपनी उनको हिम्मत भने जोकोही सशक्त ब्यक्तिभन्दा कमजोर नरभएको प्रष्ट भएको छ।उनी अहिले ३१ बर्षको भएकाछन।उनी सानैदेखि कलाकारिता क्षेत्रमा र राजनीति क्षेत्रमा साह्रै दमदार तरिकाले लाग्दै र जम्दैपनी आइरहेको छन।
उनी लेख्न सक्दैनन तर कसैले एकचोटि भनेको कुरा अर्कोचोटी नदोहोर्याउने तरिकाले आफ्नो दिमागमा राखिहाल्छन। अहिले उनी श्री इन्द्र ज्योती माध्यमिक विद्यालय शिवालय ६ मा कक्षा १२ मा पनि अध्यनरत छन। उनी परिक्षा को समयमा अर्को लेख्ने ब्यक्ती सट्टामा राखि आफुले उत्तर भनिदिने गर्दै  परिक्षा दिदै आइरहेको छन।
उनले कलाकारितामा पनि आफै गितसङ्गित बनाउने गर्दै आइरहेको छन। उनको आफ्नै लयशब्द र आवाजमा केही गितहरु बजारमा आउने तयारी रहेका छन। उनले हालसम्म १ दर्जन गितहरु रेकर्ड गरेको पनि जानकारी दिएका छन।उनी जत्तिकै कलाकारितामा जम्दै आएका छन राजनीति मा पनि त्यही समयदेखी संघर्ष गर्द आइरहेको छन।अहिले उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोट को निर्बाचित सदस्य सम्म रहेको छन।
उनले योभन्दा अगाडिको चुनावमा कांग्रेस  सम्बन्धि गितपनी आफ्नै लयशब्द र आवाजमा रेकर्ड गरेका थिय जुन गित चुनाबमा देशभरी बजिरहेको थियो। उनिसङ्गको कुरामा राजनीति र कलाकारितामा कुन रोज्नुहुन्छ भन्ने प्रश्नमा दुबै मेरोलागी संमान हुन भन्दै उत्तर दिएका छन।
एउटा उनको जिबनको अचम्मको कुरा पनि रहेछ।उनी अशक्त भएपनी श्रीमती भने सशक्त बिहे गरेका रहेछन र २ छोरा पनि जन्माइसकेका रहेछन। बिहेको बारेमा उनी र उनको श्रीमती सङ्ग भएको कुराकानी मा उनिसङ्ग बिहे गरि आफू खुशी रहेको उनको श्रीमती लक्ष्मी शाही बुढाले बताएका छन।
बिहे कसरी भयो भन्ने प्रश्नमा दुबैजना लजाएका थिय। गाएक जनक बुढाको श्रीमतीको माइत सुर्खेत जिल्लाको पश्चिम बराहताल गाउँपालिकामा रहेछ। उनिहरुको एकदिन झुक्किएर फोन भएको त्यसपछि निरन्तर भैरहने हुदा एकदिन फोनसम्पर्कबाट सुर्खेत मा भेट भएको र बिहे गरेको बताएका छन। सुर्खेत मा भेट हुदा गाएक जनक बुढालाइ दृस्टिबिहिन देख्दा उनको श्रीमती लाई दया लागेको र आफ्नो भाग्यमा यहि लेखेको भए म यहिमान्छेसङ्ग खुशी छु भन्ने सोच लिएर साथ दिएको उनले बताएका छन।
बाकी भिडियो हेर्नको लागि तलको लिङ्कलाइ प्रेस गर्नुहोस।
https://youtu.be/bsygDtCPJoQ

सम्बन्धित खवर

Back to top button