नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन

दिपेन्द्र थापा मगर
सुर्खेत ६ चैत्र : नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशले प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन आज विरेन्द्रनगर सुर्खेत मा सम्पन्न गरेकोछ। उक्त कार्यक्रम मंगलगढी चोकबाट र्याली शुरु भइ बिचबजार हुँदै बजार परिक्रमा गरि कार्यक्रम स्थल खुल्लामञ्चको कवडहलमा प्रस्थान गरेका थिय।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको सभापति पुर्ण राना मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले गर्नुभएको छ। बिशेष अथितिहरु नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रीदय हृदय राम थानी,जीवन बहादुर शाही र नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सभापति ओम थापा मगर रहनुभएकोछ। भने उक्त कार्यक्रमको सञ्चालक गर्नुभएको थियो नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको सचिब महेन्द्र राना मगरले गर्नुभएको थियो।
कर्णाली प्रदेशको सबै जिल्लाहरुबाट उपस्थित भएको यस कार्यक्रममा थुप्रै नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता तथा जनप्रतिनिधि हरुको उपस्थित रहेकोथियो भने कार्यक्रममा १ हजार भन्दा बढी संख्यामा जनमास उपस्थित रहेकोथियो। कार्यक्रम सभ्य भब्य पार्नको लागि विभिन्न ठाउँहरुबाट बाजा, नृत्य हरु ल्याइएको थियो।

सम्बन्धित खवर

Back to top button