नेपाल नागरिक उद्यम सहकारीको भेटौ सदस्य अभियान जारी

कोहलपुर १७चैत :-  नेपाल  नागरिक उद्यम सहकारी संस्थाले भेटौ सदस्य अभियान शुरु गरेको छ । शेर धनी,शेयर सदस्य र अन्य गाउँ बासीहरुको स्वास्थ्य अवस्था सुधारको लागि यहि मिती २०७७/१२/१५ गत्ते देखि घरदैलो अभियान बैजनाथ -४ देखि शुरु गरेरको संस्थाकी व्यवस्थापक डिलमाया डाँगीले जानकारी दिनु भएको छ ।
यस सहकारी संस्थाले जेष्ठ नागरिक र बालबालिका र सहकारी संस्थामा आबद्ध भएका शेर सदस्यहरुलाई २०% छुटमा कोहलपुर हेल्थ केयर हस्पिटल संग समन्वय गरेको छ ।
संस्थाले अभियानको पहिलो दिन बैजनाथ गाउपालिका वडा नं -२,३ र कोहलपुर नगरपालिका-११ मा सदस्यहरु संग भेटघाट गरि चेकजाँच गरेको थियो यसै गरि दोस्रो दिन कोहलपुर -५ र तेस्रो दिन कोहलपुर -११मा चेकजाँच गरेको छ । चेकजाँच प्रक्रिया कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकाका सबै वडाहरुमा भेटघाट र चेकजाँच हुने कुरा व्यवस्थापक डिलमाया डाँगीले सत्कार पोस्ट कमलाई जानकारी दिनु भएको छ।
यसैगरि चेकजाँचको समयमा समस्या देखिएका बिरामीहरुलाई सहुलियत स्वास्थ्य उपचारको लागि क‍ोहलपुर हेल्थ केयर हस्पिटल मा जान सबैलाई जानकारी दिएको छ ।
आफ्ना सदस्य हरुको स्ववास्थ्य विशेष छुटमा चेकजाँच गरिने कुरा प्रतिबद्धताका साथ कोहलपुर हेल्थ केयर हस्पिटलका डायरेक्टर ललित पहाडी ले जानकारी दिनु भएको छ।

सम्बन्धित खवर

Back to top button