शिवालय गाउँपालिका अध्यक्षको वडामा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको ओइरो


जाजरकोट १८ चैत्र : जाजरकोट जिल्ला शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही को वडामा नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादि परित्याग गरि २ दर्जन भन्दा धेरै नेता तथा कार्यकर्ता नेपालि काङ्ग्रेस मा प्रवेश गरेकाछन।
नेपाली काङ्ग्रेस जाजरकोट जिल्लाका पार्टी सचिव युवा नेता तथा शिवालयका काङ्ग्रेसिहरुको ढुकढुकी खडक बि सि को प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता भने शिवालय ६ का सभापति धन बहादुर बुढाले गरेका थिय।
अतिथिहरुमा नेपाली काङ्ग्रेस जाजरकोट जिल्ला कार्यसमिति सदस्य जनक बि सि नेपाली काङ्ग्रेस शिवालय गाउँपालिकाका सचिव दिपेन्द्र थापा मगर पुर्ब सचीव कृष्ण बहादुर शाही, युवानेता पारस बिक्रम के सि, सिर्जना रेग्मी शाही, शेर बहादुर खत्री, केशव रेग्मी लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यकर्ता भेटघाट गर्न पुगेका युवानेता खडक बि सि को अन्तकृयात्मक कार्यक्रममा सहभागी हुन पुगेका शिवालय गाउँपालिका वडा नम्बर ५-६ का केही कम्युनिष्ट कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।
प्रवेश गर्नेहरुमा शिवालय ५ बाट जस्बिर बि क, दिपक परियार , प्रतीक्षा परियार ,तुलसा सार्की, सीता नेपाली ,तुलसा नेपाली , भिमा सार्की, शान्त बहादुर खत्री , सुर्मा परियार , बले जैसी रहेको छन।
त्यस्तै शिवालय ६ बाट पुर्ब नेपाली काङ्ग्रेस थालारैकर गा.बि.स सभापति हाल नेपाल कम्युनिस्ट पार्टी एमाले मा आबद्ध राम बहादुर बुढा पुन नेपाली काङ्ग्रेस नै जनताको पार्टी भन्दै प्रवेश गरेकाछन भने नेकपा माओवादी बाट हस्त बहादुर रोकाय पनि नेपाली काङ्ग्रेस मा प्रवेश गरेकाछन।
















