जाजरकोटको समाजसेवी युवानेता राजिव विक्रम शाहको सहयोगमा निशुल्क एम्बुलेन्स सेवा


जाजरकोट २७ बैशाख । समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ ।
भेरी नगरपालिका वडा नं ४ जाजरकोटका वडा अध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्ब सभासद राजीब बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स गाडी सोमबार नै जाजरकोट खलंगामा पुगेको छ ।
जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामिलाइ उक्त गाडीबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क आवतजावत गर्न सक्नेछन् ।
जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने युवा नेता शाहले विश्वास लिएका छन् । उनले एम्बुलेन्स व्यवस्थापनका लागि कुमारी ट्रष्ट स्थापना गरेका छन् ।
आफै अध्यक्ष रहेको ट्रष्टको माध्यमबाट उनले जाजरकोटमा समाज सेवाको कामहरु सञ्चालन गरेका छन् ।
सोमबारदेखि सञ्चालन भएको एम्बुलेन्सबाट सेवा प्राप्त गर्नका लागिसमेत उनले स्थानीयलाई सहजीकरणका लागि भेरी नगरपालिका वडा नं. ४का अध्यक्ष खम्ब जङ्ग शाहको मोवाइल नं. ९८४८१३६०७७ सम्पर्क गर्न सकिन्छ ।
यसैगरी नेपाली काँग्रेस जाजरकोटका नेता बेदराज सिंहको मोवाइल नं. ९८५१००७६७१ सम्पर्क गर्न सकिन्छ । यस्तै एम्बुलेन्स सेवा सहजीकरणका लागि काँग्रेस जाजरकोटका नेता तेजविक्रम शाहको मोवाइल नं. ९८६८११७७७७ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।








