सुकुम्बासी रातो फारम वडा अध्यक्षले भर्ना मानेनन्

कोहलपुर,०७ जेष्ठ २०७८

बारेकोट गा.पा. -४ जुम्क समुदायका भुमिहिन/सुकुम्बासी दलितहरूलाई वडाअध्यक्ष सिर्जना वस्नेतद्धारा भुमिहिन दलित/सुकुम्बासीले भर्ने रातो फारम भर्ना रोक लगाएकी छन । भुमि सम्बन्धि समस्या समाधान आयोगको मिति २०७८/०१/०५ गते प्राकशन भएको ३५ दिने सुचना बमोजिम भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिले आफुले बसोबास वा आवाद कमोद गरेको जग्गा पाउन आयोगले तोकेको फारम भर्नु, भराउनु पर्ने भनी सुचना जारि गरे पनि वडाध्यक्ष बस्नेतद्धारा भुमिहिन दलितहरूलाई भुमिहिन दलित/सुकुम्बासी फरम भर्न रोक लगाउदै फारम भरेको खण्डमा हस्ताक्षर नगरेर च्यातिदिने सम्माको धम्की समेत दिएको भुमिहिन दलितहरूले बताए । आयोगले तोकेको मापदण्ड अनुसार फारम भर्न नपाउदा उक्त समुदायका भुमिहिन दलितहरू चिन्तित भएका छन ।

बारेकोट गा.पा.-४ जम्कका दलित समुदायमा हाल करिव ५०/५२ जत्ती घरधुरी रहेका छन । जसमध्ये करिव १०/११ जना लालपुर्जा सहितिको जग्गा आवाद कमोद गर्दै आएका छन र लालपुर्जा गरेका करिव १०/११ जना सहित २०/२२ जना जत्ती अंशियार छन भने करिव २९/३० जना जति पुस्तैदेखी परिवारको नामा जग्गा नभएका भुमिहिन दलित/सुकुम्बासीहरु रहेका छन । आयोगको सुचना र फारमको ढाँचा अनुसार लालपुर्जा सहितको जग्गा भएको र परिवारका सदस्यहरुले अंश बापत प्राप्त गर्ने जग्गा र कतै सम्भावना भएकाको लागि सेतो फारम र अंश बापत प्राप्त गर्ने जग्गा र पाउने सम्भावना नभएकाको लागि रातो फारम बनाएको छ । अंश बापत प्राप्त गर्ने जग्गा र सम्भावना नभएका २९/३० परिवारले रातो फारम भर्न माग गर्दा वडाध्यक्ष बस्नेत द्धारा अस्विकार गर्दै फारम भरेको खण्डमा हस्ताक्षर नगर्ने र भरेको फारम च्यातिदिने सम्माको धम्की दिएकी हुन ।

सम्बन्धित खवर

Back to top button