राउटे बस्ती सिल

कोहलपुर-११ राउटे समुदाय बसोवास गर्दै आएको बस्तीनै सिल गरिएको छ। सुरक्षाको चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीनै सिल गरेको हो।

बस्ती सिल गर्नका लागि हाल त्यहाँ २२ जना नेपाल प्रहरीको टोलीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले बताए।डिएसपी घर्तीले भने “राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको जानकारी राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको हो”,बाहिरबाट जाने मानिसहरूका लागि आवतजावत पुर्णरुपमा बन्द गरिएको छ।
राउटेहरुले घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई अस्विकार गर्ने सम्भावना रहेको छ। यही कारण आज (सोमबार) बिहानदेखि बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटिएको हो।यस अघि आइतबार मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।राउटेहरू सुर्खेतको गुर्भाकोट नगरपालिका-११आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।