विश्वब्यापी वातावरणीय समस्याका आयामहरु
पृष्ठभूमी(Background) :
हाम्रो वरिपरी भएको भौतिक , जैविक , सामाजिक तथा सांस्कृतिक पक्षहरुको समष्टिगत स्वरुप वातावरण हो ।पृथ्वीको उत्पत्ती सङ्ग सङ्गै अस्तित्वमा आएको हावापानी , सजीव , निर्जिव, प्राणी तथा वनस्पतिको सामूहिक अस्तित्व नै वातावरण हो ।शब्द निर्माण प्रकृयाको दृष्टिकोणबाट हेर्दा दुई शब्दहरु बात + आवरण मिलेर वातावरण बन्दछ । जसमा वातको अर्थ हावा र आवरणको अर्थ ढकन हुन्छ ।त्यसैले यसको शाब्दिक अर्थ पृथ्वीको वरपर फैलिएको हावाको आवरणलाई जनाउँछ । वातवरण लाई अङ्रेजी मा Environment भनिन्छ । Environment शब्द फ्रेन्च शब्द Environ बाट आएको हो ।wind ले हावालाई र circle ले यसको वरीपरीको को शब्दलाई जनाउँछ ।यसरी वातावरण भन्नाले पृथ्वीको सम्पूर्ण बाह्य परिवेश वा अवस्था लाई जनाउँछ ।पृथ्वीका सम्पूर्ण सजीव तथा निर्जीव वस्तु हरु विध्यमान रहेको अवस्था हो ।वातावारणलाई विभिन्न ब्यक्ती एवम संस्थाले आ आफ्नै तरीकाले परिभाषित गरेका छन ।
इन्साइक्लोपेडिया बृटानिका (Encyclopedia Bitanica)को अनुसार वातावरण भनेको वरिपरी घेरिएको कुनै वस्तु वा अवस्था, जीवाणु प्रती कार्यरत भौतिक , रासायनिक र जैविक तत्वको जटिलता जसले यसका रुप र जीवित अवस्थाको निर्धारण गर्छ तथा ब्यक्ती र समुदायको जीवन प्रभाव पार्ने सामाजिक साँस्कृतिक अवस्था र कुनै अनुक्रममा भाषा तत्वको अवस्था भनि तीन अवस्थामा लिएको छ ।
यसरी वातावरण शब्दावलीमा हाम्रो वरीपरिका सम्पूर्ण प्राकृतिक तथा कृतृम वस्तुको अन्तर कृयाबाट सृजित परिवेश , जीवित वस्तु तथा यसलाई असर पार्ने सम्पूर्ण भौतिक वस्तुको समस्ति रुपलाई वातावरण वा पर्यावरण भन्ने गरिन्छ । विभिन्न देशमा वातावरणलाई भिन्न भिन्नै प्रकारले परिभाषित गरिएको देखिन्छ । न्यूजिल्याण्डको रिसोर्स म्यानेग्मेन्ट एक्ट(Resource Management Act) को अनुसार मानव र समुदाय लगाएत पारिस्थितिक प्रणाली र त्यस को सम्पूर्ण भाग र सवै प्रा कृतिक एवम भौतिक स्रोत , कुनै क्षेत्र लाई सुमधुर्, सम्वद्ध सुविधायुक्त र सामु दायिक भाव मा योगदान गर्ने गुण , चरित्र र तीनलाई प्रभाव पार्ने सामाजिक ,आर्थीक र साँस्कृतिक अवस्थानै वातावरण हो भनी परिभाषित गरिएको छ ।
अस्ट्रेलियाको वातावरण संरक्षण प्रभाव प्रस्ताव ऐन १९७५ को अनुसार मानवलाई व्यक्तिगत र सामूहिक रुपमा प्रभाव पार्ने वरिपरिको सवै वस्तु लाई वाताव र ण भनिन्छ ।संयुक्त अधिराज्य बेलायतको वातावरण संरक्षन ऐन १९९० को अनुसार वातावरण अन्तर्गत वायु , जल, भूमी तथा वायुको माध्यम भित्र कुनै भवन र प्राकृतिक वा मानव निर्मित संरचना वरिपरी भएको बायु भनी उल्लेख गरेको छ ।नेपाल को वाताव रण संरक्षण ऐन २०५३को अनुसार प्राकृतिक , सांस्कृतिक र सामाजिक प्रणाली , आर्थीक तथा मानवीय कृयाकलाप र यिनको अवयव तथा ती अवयववीचको अन्तर्कृया एवम अन्तर सम्वन्धलाई वातावरण भनिन्छ ।
विश्वब्यापी वातावरणीय समस्याका आयामहरु(Dimensions of Worldwide Environmental Problems)
आज को युग विज्ञान र प्रविधी को युग हो । विज्ञान र प्रविधीको चरम उन्नयनले मानव जाति लाई भौतिक विलासिताको चरम शिखरमा पुर्याएको छ । तर जति जति मानव जातीले विज्ञान र प्रविधीको माध्यमबाट भौतिक उन्नती गरीरहेको छ त्यसरी नै उक्त विज्ञान प्रविधीको असीम विकास एवम भौतिक समृद्दीको नकारात्मक असरले वातावरणीय विनास समेत निम्त्याएको छ । विज्ञान प्रविधीको उपजको रुपमा मानिने एअर कन्डिस्नर को प्रयोगबाट उत्पन्न हुने कार्बन्फ्लोरोकार्बन लगायत ज्ञाँसको कारण सूर्यको परावैजनी किरणलाई पृथ्वीमा आउन रोक्ने ओजोन तह (Ozone level) विनास (Depletion) हुँदै गएको छ । अनियन्तृत जनसंन्ख्या वृद्धी र विज्ञान प्रविधीको उपज भौतिक सुख सुविधाको प्रयोगको उपयुक्त अवसर , औधोगीकरण आदीको कारण ग्रामिण क्षेत्र को मानिस हरुको श हरी क्षेत्र मा अनियन्तृत वसोवास र आधुनिक जीवन शैली लाई बढावा दिने प्रणाली को उपज को रुपमा रहेको शहरीकरणको कारण खेती सम थर क्षेत्र को योग्य ज मिन मासिने र ग्रामिण क्षेत्रको कृषी क्षेत्र उत्पादनमा टेवा पुर्याउने जमिन बढ्दो श हर केन्द्रीत बसाइसराइ(Migration) ले बांझो हुँदै कालान्तरमा मरुभूमीकरण(Desrtification) हुँदै जाने अवस्था सृजित हुंदैछ । बढ्दो कलकार खाना , अस्पताल लगायत अन्य आली सान भौतिक संरचनाको निर्माण बाट औषधी जन्य ठोस र तरल फोहोर मैला को ब्यवस्थापन हुन नसक्दा वा ता वर णीय प्रदुषण दिन प्रति दिन बढ्दो छ ।अनियन्त्रीत जन संख्या वृद्धी र स्रोत र साधनको असमान वितरणको कारण उत्पन्न गरिबी , बढ्दो भौतिक संरचनाको अनियन्त्रीत निर्माणबाट बन जङ्गल फडानी बढेर बाढी पैर्हो ,खण्डबृष्टी , अनावृष्टी , अतिवृष्टी आदीले ठूलो धन जनको क्षती हुने गरेको छ । कृषी उत्पादनलाई बढाउने नाममा प्रयोग गरिने विषादी र रासायनिक मल बाट जन स्वास्थ्य र माटोको उर्वरा शक्ती मा दि नानुदिन ह्रास ल्याएको छ ।
माथी उल्लेख गरिएको कार्बनफ्लोरोकार्वन लगाएत ज्ञांसको बढ्दो उत्पादनले ओजोन तह विनासबाट सूर्यको परावैजनी किरण पृथ्वीमा आइ प्राण घातक सिद्ध हुँदै गएको छ भने अम्ल वर्षाले माटोको उर्वरामा झन झन ह्रास ल्याउदैछ ।बढ्दो ओजोन विनासबाट सूर्य को परावैजनी किरण पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नाले र बढ्दो औधोगीकरण , बढ्दो सवारी साधनको प्रयोग कलकारखाना उधोग बाट उत्सर्जित धुलो धुवाले पृथ्वीको ताप मान दिनानुदिन बढ्नाले सृजित जल वायु परिवर्तनको कारण हिमालको हिंउ पग्लेर समुद्री सतह बढ्नाले माल्दिभ्स जस्ता टटीय क्षेत्रका देशहरुको अस्तित्व नै डुवानबाट समाप्त हुने खतरा उत्पन्न हुँदैछ ।
जलवायु परिवर्तनकै असरको कारण पृथ्वीका बोट विरुवा र जीव जनावरहरुका प्रजातीहरु समेत क्रमश: लोपोन्मुख र संकटापन्न हुने जोखिम बढ्दो छ । बढ्दो शहरीकरण र जनसन्ख्या बृद्धीको कारण उत्सर्जित ठोस र तरल फोहोर मैलाको समुचित विसर्जन हुन नसक्ता नदी , ताल , खोला , पोखरी , कुवा आदी जस्ता पानीका स्रोतहरु दिनानु दिन प्रदुषित हुँदैछन ।बढ्दो जङल फडानीले पानीका स्रोतहरु दिनानुदिन सुक्दैछन । यसरी माथी उल्लेखित वातावरण प्रदुषण र जलवायु परिवर्तनको लागी मुख्य जिम्मेवार औधोगीकरण सम्पन्न गरिसकेका र भईरहेका कथित विकसित(Developed) देशहरुनै छन भने त्यसको नकारात्मक असरको मार नेपाल जस्ता अति कम विकसित राष्ट्रहरुले समेत समान मात्रामा बेहोर्नु परेको छ ।
१. जैविक विविधताको ह्रास (Loss of Bio-Diversity):
वातावरण प्रदुषणको असरको रुपमा जैविक विविधताको ह्रास हुँदै गइरहेको देखिन्छ । जैविक विविधतालाई तीन तहमा विभाजन गरिएको छ ।क्) जातिगत जस्तै ; मानव , बानर , हात्ती , गड्यौला , धान , केरा, गहुं, आदीको सन्ख्यात्मक गणना ।ख) जीवात्माहरु आ-आफ्ना अनुकुल हेरेर विभिन्न वासस्थानमा कायम रहेका हुन्छन ।यस्ता वासस्थान प्राकृतिक प्रणाली भित्र सन्चालन हुन्छन । पर्वतीय शिखर देखी सामुद्रीक टट सम्म र तीनका पीँध सम्म अनेकौ प्रकारका पारिस्थितिक प्र्णाली हुन्छ्न । त्यस्तै जैविक विविधताको मुख्य कडी पारिस्थितिकीय प्रणाली(Ecosystem) पनि हो ।सिमसारमा आफ्नै प्रणाली चल्छ भने लेक खर्कमा अर्कै प्रणाली हुन्छ ।ग)प्रत्यक जीवात्माले आफ्नो वंशजको गुण बोकेको हुन्छ ।जुम्ली मार्सी धानले जाडो खप्ने वंशजको गुण बोकेको हुन्छ ।जुम्ली मार्सी धानले जाडो खप्ने बंशज गुण बोकेको हुन्छ भने औले मार्सीले गर्मी खप्ने गुण बोकेको हुन्छ । शेर्पा जातिको रगतमा कम अक्सिजनमा वातावरणमा पनि सकृय हुने शक्ती हुन्छ भने थारु जातीमा विशेष गरेर महिला वर्गमा औलो रोग प्रतिरोध गर्ने शक्ती हुन्छ ।यस्ता वंशानुगत गुण सम्मको अर्को तह पनि जैविक विविधताको क्षेत्र भित्र पर्छ ।
यस ब्रहमाण्डमा प्राणी , वनस्पती , पशुपंक्षी र अति सुक्ष्म जीवाणु समेत गरी ३ करोड प्रजातिको पहिचान भएको छ ।मानव यही ३ करोड प्रजाति मध्यको एक हो ।संसारमा रहेका २,५०,००० प्रजातिका वनस्पति मध्य आगामी ३० वर्ष भित्र ५०,००० प्रजाति लोप हुने प्रक्षेपण गरिएको छ ।नेपालको उष्ण प्रदेशिय ओसिलो जङ्गल लोप हुन गएमा विभिन्न १० प्रजातीका रुखहरु ,६ प्रजातीका रेशादार वनस्पतिहरु ,६ प्रजातीका फलफूल , ४ प्रजातीका जडीबुटीहरु र ५० प्रजातीका बुट्यानहरु सदाको लागी नष्ट हुने अनुमान गरिएको छ । जस बाट २ सय प्रजातीका चराहरु , ४० प्रजातीका स्तनधारी जीव जन्तु र २० प्रजातीका घ्रसिने एवम उभयचर जीवको वासस्थानमा समस्या उत्पन्न हुनेछ ।
२. प्रजातिको लोप(Disappearance of Species):
प्रजा ती भन्नाले आपसको सम्वन्धबाट सन्तान उत्पादन गर्न सक्ने तर अरु प्रजातिसङ्ग त्यस्तो सम्वन्ध नराख्ने उपजातीहरुलाई जनाउंछ । विश्वमा हाल सम्म ५० लाख देखी ३ करोड प्रजातिको पहिचान भएको छ। वातावरणीय समस्या को कारण वासस्थान विनाश नै कुनै प्रजाति लोप हुनुको मूल कारण मानिन्छ । त्यस्तै निश्चित स्थानमा मात्र गुंड लगाएर सन्तान उत्पादन गर्ने , ठूलो भद्दा शरीर हुने , विशेष प्र्कारको आहार मात्र खाने , निश्चित बाटो वा क्षेत्रमा मात्र हिड्डुल गर्ने र पारिस्थितिक प्रणालीको माथिल्लो तहका उपभोक्ता लोप हुने सम्भावना बढी हुने विभिन्न अध्ययनले पुष्टी गरेका छन ।
नीलो ह्वेल, पर्वतीय भालु , गैडा, हात्ती, ठूलो हाब्रे (पाण्डा), क्यालिफोर्निया कोन्डोर आदी प्रजातिको सन्तान उत्पादन प्रकिया तुलनात्मक रुपमा लामो हुन्छ । यी प्रजातिले एक पल्टमा एउटा मात्र सन्तानोत्पादन गर्छन । रातो हाब्रे (रेड पाण्डा ) ले मुख्य खानाको रुपमा बांस र निगालो का टुसा मात्र खाने हुंदा ती प्रजाति वनस्पती मासिंदा रेड पाण्डा लोप हुने खतरा रह्नछ ।
धमिरा र कमिला मात्र आहार गर्ने हुंदा धमीरा र कमिला लोप हुंदा सालक पनि लोप हुने अवस्था सृजित हुन्छ ।त्यस्तै माथी उल्लेखित नीलो ह्वेल, अफ्रीकी सिंह ,हात्ती ,गैडा , अ्एरीकी वाइसन एवम ठूलो हाब्रेको श्रीर ठूलो र भद्दा हुने र शत्रुबाट बच्न समेत कठीनाइ हुनाले लोप हुने जोखिम रहन्छ । त्यस्तै अहिले विध्यमान वन जङ्गल विनासको कारण धेरै लोपोन्मुख प्रजातिहरु लोप हुने खतरा बढ्दो छ ।
३. जलवायु परिवर्तन (Climate Change):
जल वायु परिवर्तन ले प्राकृतिक एवम मानवीय कारणबाट हावापानीमा आउने परिवर्तनलाई बुझाउंछ । संयुक्त राष्ट्रा सङ्घिय अन्तर सरकारी कार्यदल को सन २००० मा बसेको वैठकले सन १९९८ लाई सवभन्दा तातो वर्षको रुपमा घोषणा गरेको थियो ।रुसको साइबेरियाको तापक्रममा विगत १०० वर्ष यता ३ देखी ५ डीग्री सेन्टी ग्रेड ले बढेको पाइ एको छ । युरोप का ध्रुविय हिम नदीहरुको आयतन सन १८५० यता आधा क्षेत्रफल घटेको पाइएको छ । नेपालको जल तथा मौसम विज्ञान विभाग को अनुसार काठमाण्डौ उपत्यकाको तापक्रम प्रतिवर्ष औसत ०.०५ डिग्री सेल्सियसको डरले बढेको छ ।त्यस्तै हिन्दूकुश क्षेत्रको हिमतालहरुको क्षेत्रफल तथा संख्या घटेको प्रतिवेदनहरु सार्वजकिन हुँदैछन ।
वायु प्रदुषण जलवायु परिवर्तनको एक प्रमुख कारकको रुपमा रही आएको मानिन्छ ।वायु प्रदुषणले मौसम र हावा पानीमा नकारात्मक असर पर्दछ । प्रदुषित वायुले सूर्य को प्रकाशलाई अवरुद्ध गरे पछी पृथ्वीको तापमानमा प्रभाव परी पृथ्वी तापको तापु र हिम युग बन्ने अवस्था सृजित हुन्छ । त्यस्तै वायु प्रदुषण ले वार्षिक हावा पानी को स्वरुप मा परिवर्तन ल्याइ समयमा वर्षा नहुने , सुख्खा , खडेरी , अनावृष्टी जस्ता प्रभाव पर्छ भने औध्योगिक गतिविधीको कारण वायु प्रदुषित भई अम्ल वर्षा हुन्छ । त्यस्तै वायु मण्डलको माथिल्लो भागमा विभिन्न ज्ञाँस थुप्रीएर पृथ्वीको हरित गृह प्रभाव बढ्नुका साथै ओजोन तह को क्षयीकरण हुन्छ ।
जलवायु परिवर्तन भनेको प्रकृतिको गतिशिलता हो ।हुन त यो कुनै आश्चर्य जनक घटना होइन र कुनै भवितब्य पनि होइन ।यदी जलवायु परिवर्तन नभएको भए मानिसको उदभव र विकास पनि हुने थिएन ।उदाहरण लागि कुनै वेला पृथ्वीमा अजङ्गका डाइनोसर हरु थिए ।ती कालान्तरमा लोप भएर गए । त्यसको प्रमुख कारण जलवायु परिवर्तन नै थियो । जलवायु परिवर्तन कै कार्ण ३ हजार वर्ष पुरानो माया सभ्यता पनि लोप भएर गयो । वास्तवमा १३ औ शताब्दीमा उत्पन्न भएको खडेरी धन्न नसक्ता माया सभ्यता लोप भएर गयो ।
अहिले भइरहेको जलवायु परिवर्तनको मुख्य कारण १८ औ शताब्दीमा भएका औध्योगिक र कृषी क्रान्तीहरुनै हुन ।जलवायु परिवर्तनको असर मौसममा देखा पर्दछ ।पानी पर्नु पर्ने बेलामा नपर्ने नपर्नु पर्ने बेलामा पर्ने जाडोमा गर्मी महसुस हुने जाडोमा गर्मी मह्सुस हुने आदी उल्टो असरहरु जलवायु परिवर्तनकै उपज हुन ।त्यस्तै कृषी , वनजङ्गल , जैविक विविधता , मानव स्वास्थ्य र समुद्री टटमा समेत दिनानुदिन यसको असर देखा पर्दैछन । नेपाल पनि यसबाट प्रभावित भइरहेको छ ।नेपाल मुलत्: भौगोलिक कारणले जलवायु परिवर्तनको चपेटामा परेको हो । नेपाल हिमाली खण्डमा वस्थित हुनु जलवायु परिवर्तनको दृष्टीकोणबाट कालान्तरमा प्रत्युत्पादक सिद्ध हुन पनि सक्तछ ।
नेपालको हिमालको काखमा रहेका हिन नदी र हिमतालहरुले समस्या पैदा गर्न सक्तछन ।नेपालमा भएका हिमतालहरु फुट्न सक्तछन ।लगभग ३ हजार हिम ताल मध्य २० वटा हिमताल अत्यन्तै जोखिमयुक्त छन । जुन सुकै बेला ती हिमताल फुट्न सक्छन ।यो खतरा निम्तनुमा मुलत: विकसित राष्ट्रहरुको दोष छ तर त्यसको असर भोग्नेमा नेपाल अग्रपंक्तिमा पर्छ । नेपालले एक प्रकारले नगरेको अपराधको सजाय भोग्दैछ ।जलवायु परिवर्तनको लागी नेपालको योगदान नभए पनि पिडित हुँदैछ ।
४. विश्वव्यापी उष्णता(Global Warming)
अनियन्त्रीत र अनियमित इन्धनको प्रयोग र अत्यधिक जनसंख्या बृद्धीको कारण वायुमण्डलमा कार्बनडाई अक्साइडको घनत्व बद्छ । त्यस्तै जीव जनावर र उध्योगहरुबाट उत्सर्जन गर्ने एमोनिया, नाइट्रोजन अक्साइड ,क्लोरोफ्लोरो कार्बन आदी उत्पादन हुन्छन । सन २००६ को आंकडा अनुसार कार्बन डाइ अक्साईडको मात्रा ३५६ पिपिएम , मिथेनको मात्रा १ .५ पि पि एम , नाइटस अक्साइड ०.३ पि पि एम , जहाँ कार्बन फ्लोरोकार्बन ० .००५ पि पि एम रहेको छ । ती ज्ञांस पृथ्वीको वायु मण्डल तताउन जिम्मेवार मानिन्छन । तीनीहरु हरित ज्ञांसहरु हुन ।डाइअक्साइड र वाटर भ्यापरले मात्र इन्फ्रारेड रेडइयसन(१४००० एन एम -२५००० एन एम ) हरुलाई सोस्न सक्छ्न र पृथ्वीमा ब्यापक रुपले उत्सर्जन हुने रेडियसनहरुलाई रोक्दछन । यसरी कार्बनडाइअक्साइड र पानीका वास्प द्वारा सोसिएका रेडियसन पृथ्वीको पुन: पृथ्वीको सतहमा उत्सर्जित हुन्छन ।त्यसको परिणाम स्वरुप पृथ्वीको सतह तातिन्छ त्यसैलाई ग्रीन हाउस असर भनिन्छ ।रिभेलीको अनुसार सन २००० सम्म प्राकृतिक इन्धनको प्रयोग को कारण २५ प्रतिशत कार्बनडाइ अक्साईडको घनत्व बढेको पाइएको थियो ।यदी अहिले विध्यमान सवै प्राकृतिक इन्धनहरुको प्रयोग भएमा १७० प्रतिशत कार्बनडाइअक्साइडको घनत्व बढ्नेछ ।यदी पृथ्वीमा त्यो रुपमा कार्बनडाइअक्साइडको मात्रा बढ्यो भने पृथ्वी अति नै उष्ण हुनेछ र त्यसबाट अन्टार्कटिका महादेशको आइस क्याप समेत पूर्ण रुपमा पग्लिनेछ र समुद्री सतह बढ्नेछ । त्यो प्रकृया पूरा हुन केही सय वर्ष लाग्नेछ ।वर्तमान अवस्थामा विश्वका करोडौ चिम्नीहरु ,मोटर गाडी , विमान , अगेना, चुल्हाहरुले पनि वायुमण्डलमा कार्बनडाइअक्साइड फ्यांके रहेका हुन्छन ।वर्षेनी लाखौ , करोडौ टन कोइला , पेट्रोल र दाउरा बाल्ने गरिन्छ । वन विनासले गर्दा पनि कार्बनडाइअक्साइडको वृद्धी भइ राखेको छ । यसरी कार्बनडाइअक्साइड समेतका ज्ञांसहरुले पृथ्वीलाई निम्न मण्डलमा कम्वलले ढाके जसरी ढाकेका हुन्छन ।यी ज्ञांसहरुमा भएको बृद्धीले सूर्यबाट आउने तापको अवशोषण बृद्धी भइ सोसिएको ताप लाई कार्बन डाइअक्साइडले बाहिर निस्किन दिदैन ।फलस्वरुप पृथ्वीको तापक्रम बढ्छ र विश्वब्यापी उष्णता बढ्न गइ वातावरणमा प्रतिकुल असर पर्दछ । त्यस्तै बोट विरुवाले खाना बनाउंदा प्रत्यक वर्ष ६० अर्ब टन कार्बन डाइअक्साइडको शोषण गर्छन तर त्यो पुन: वायुमण्डलमै फर्कन्छ वनस्पतिको प्रश्वास प्रकृयाबाट बोट विरुवा सड्दा समेत कार्बन डाइअक्साइड वायुमन्डलमा उत्सर्जित हुन्छ । यी यावत कारण र प्रकृयाबाट वायुमन्डलमा कार्बन डाइअक्साइडको सन्तुलन कायम भएको हुन्छ । उक्त सन्तुलनमा आएको परिवर्तन या असन्तुलन नै अर्को अर्थमा विश्वव्यापी उष्णता हो ।
५ ओजोन तहको क्षयीकरण(Depletion of Ozone Layer):
अहिले युरोपियन देश हरुमा ओजोन तह क्षय गर्ने वस्तुहरुको प्रयोगमा कमी आउदैछ । कार्बन फ्लोरो कार्बनको उत्सर्जन हुने वस्तुको कमी हुँदैं गएकाले सन २०३० को मध्यबाट ओजोन तहको प्वाल पूर्ती हुन सुरु गर्ने र सन २०५० अगाडी सम्म मात्र त्यो पूरा हुने अनुमान गरिएको छ । वैज्ञानिक रुपमा अक्सिजनका ३ वटा परमाणुहरु मिलेर बनेको यौगिक नै ओजोन हो ।ओजोन ज्ञाँस पृथ्वीको समता मण्डलमा बढी पाइन्छ । यसरी समतामण्डलमा ओजोन ज्ञांस बढी मात्रामा पाइने क्षेत्रलाई ओजोन तह भनिन्छ । सन १९८० को दशक देखी ओजोन तह क्षयको बारेमा अध्ययन अनुसन्धान हुँदै आएको पाइन्छ । सन १९८५ मा बेलायती वैज्ञानिक हरुको टोली अन्टार्क्टिका महादेश मा वायु मण्डलीय अध्ययन गर्न गएको टोलीका सदस्य जे सी फर्म्यानले सर्वप्रथम त्यस क्षेत्रमा वायुमण्डलमा ओजोन तह पातलिदै गएको तथ्य पत्ता लगाएका थिए । त्यसलाई ओजोनमा परेको प्वाल भनिन्छ । अर्बौ अगाडी ओजोन तह नबनिसकेको अवस्थामा सूर्यबाट उत्सर्जित परावैजनी किरणको प्र्भावबाट बच्ने अभिप्रायले जीव जन्तुहरु समुद्र मूनी बस्तथे ।करीव सात सय मिलियन वर्ष अगाडी देखी ओजोन तहले सूर्यबाट आउने परावैजनी किरणलाई रोक्न थाकेको अनुमान गरिएको छ । ओजोन तह बन्न थाले पछी र त्यसले सूर्यको परावैजनी किरण रोकिन गयो ।ओजोन तहमा सूर्यबाट निस्किने परावैजनी किरण र अक्सिजनको प्रतिकृयाबाट ओजोन तह बन्दछ ।ओजोन विस्तार विनास हुन पुग्दछ ।
निष्कर्ष(Conclusion):
माथी उल्लेखित वातावरणीय समस्याहरु कतिपय प्राकृतिक कारण र कतीपय कतिपय वातावरणीय समस्याको समाधानको लागी स्वयम मानव समुदाय नै अग्रसर हुनुको अर्को विकल्प छैन ।नेपाल लगाएत सवै देश हरुले वा ता वरण संरक्षण सम्वन्धी महासन्धी , अभीसन्धी ,घोषणा आदीलाई पूर्ण परी पालना गर्ने दिशामा अग्रसर हुनु पर्दछ । त्यस्तै अन्तराष्ट्रीय त्यस्तै संयुक्त राष्ट संघ लगायत त अन्तराष्ट्रीय संघ संस्थाले वाता वरण सँरक्षणको सन्दर्भमा समय सन्दर्भ अनुसार नीती , कार्य योजना तर्जुमा गरी तदनुरुप ब्यवहारिक रुपमा कार्यान्वयन गर्न पहलकदमी गर्नु जरुरी छ । विशेष त नेपाल जस्ता अति कम विकसित र अल्पविकसित राष्ट्रको तुलनामा अन्य औध्योगिकी करणको चरण पार गरी सकेका विकसित राष्ट्रहरु नै वातावरण प्रदुषण लगाएतका वातावरणलाई प्रतिकुल असर पर्ने कर्ममा बढी उद्धत र जिम्मेवार रही आएकोले विकसित देशहरुनै आफ्नो गल्ती कमजोरीलाई आत्मासात गरेर यसको न्यूनिकरणमा अग्रसर हुनु बुड्ढिमतापूर्ण ठहरिन्छ । त्यस्तै नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले पनि आ-आफ्नो स्थानबाट जिम्मेवार ढङ्गले नै प्रस्तुत हुनुको विकल्प छैन । परिवर्तन आफै बाट सुरु गर्नु पर्छ । आजैबाट सवैले सरल जीवन यापन गर्ने र आफ्नो आचरण बनाउन सक्छ । दोस्रो कुरा ब्यक्तीगत रुपमा पनि स्वयम अनुशासनमा रहने र आफूनै जानकार हुनु जरुरी छ । त्यसर्थ वातावरण मैत्री ब्यवहाँर लागु गर्दै सरल जीवनयापन गर्न अग्रसर हुनु पर्दछ ।
(त्रिभुवन विश्वविध्यालयबाट अन्त रा ष्ट्रीय सम्वन्ध र कुटनीती विषयमा स्नातकोत्तर र वातावरण विज्ञानमा स्नातक गर्नु भएका लेखक अधिवक्ता हुनुहुन्छ)