गाउँपालिका अगाडिको सडकको हालत…किन यस्तो?

•गाउँपालिका अगाडिको सडकको हालत…किन यस्तो? यो प्रस्न सबै हिमा गाउँपालिका बासी जनतालाई र सबै पाटी का कार्याकर्ता अनि सबै आफ्नै स्थानमा बसेका माहान नेतालाइ…मुख्य गरि हिमा गाउँपालिकाको स्थानीय सरकार चलाउदै गरेका गाउँपालिका प्रमुखलाइ। गाउँ पालिकाको स्थान(ठाँउ)  अस्थाइ छ सबैलाई थाहा छ तर सडक के छ…गाउँपालिका प्रमुख जि यस प्रस्नको उत्तर के छ। गाउँपालिका बासीलाई कुनै चिल्लो गाडी चलाउने चिल्लो कालो पिच चाहिएको छैन। एक चोटी तपाईं गाउँपालिका प्रमुख भएको समय हेर्नुस्। कति भयो…?जुन दिन गाउँपालिका प्रमुख हुनु भयो त्यो दिन त्यो जुगाड स्थानमा गाउँपालिकाको अस्थाइ भुमी बनाउनु भयो। तर त्यो स्थानमा प्रहिले जे थियो अहिले तेहि छ।केबल नाम मात्र गाउँपालिका रहेको छ।२/४ नंया केही कार्यलय र एक जनताको सहजला लागि  बैंक बनेको छ । अरु जे छ सबै….जनता पहिले जे देखे तेहि छ।

गाउँपलिका प्रमुख ज्यु….मेरो अनुरोध तपाईंलाई कुनै हिमा गाउँपालिकाको सडक चिल्लो बनाउनु भन्नु छैन।मेरो अनुरोध छ त्यो बनेको सुन्दर गाउँ पालिका र तपाई जस्तो गाउँ पालिका प्रमुख बस्ने त्यो स्थान जुगाड बजारको सडक  सफा गरियोस। तपाईलाई पनि थाहा होला बिश्वको सुन्दरी भनिने रारा ताल जाने बाटो तेहि हो। रारा ताल घुम्न आउने सबै यात्रीको को एक झलक गाउँपालिका जुगाडमा निकै ध्यान जान्छ।

•धेरै लेखेर अनि  मिडियामा बोलेर हुने केहि छैन। तपाईं हिड्ने तेहि सडक हो तपाईं तपाइँ बस्ने तेहि स्थानको वरिपरि हो….एक चोटी यो न्युज हेर्नुभएको छ भने त्यो सडको फोहोर हेनुहोला र सोच्नु होला अनि गहिरो सोचाइ पछी….त्यो गाउँपालिका  अगाडिको सडकको फोहोर सफा गर्नुहोला। कस्तो हुदोरहेछ।

#•पत्रकार_कपिल_ठकुरी

 

 

 

 

 

 

सम्बन्धित खवर

Back to top button