वडाअध्यक्ष शाहीको पहलमा जुनीचाँदे गाउँपालिकामा ८० घरधुरीलाई सोलार वितरण

दिपेन्द्र थापा मगर

जाजरकोट ३० आषाढ । जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नम्वर ९ का वडाअध्यक्ष राम बहादुर शाहीले उर्जामन्त्रालय मा पहल गरि जुनीचाँदे गाउँपालिकामा ८० घरधुरीलाई सोलार वितरण गरेका छन् ।
अति दुर्गम गाउँपालिका मध्ये एक जुनीचाँदे गाउँपालिका जहाँ विभिन्न समस्या, अभावको चपेटामा, रोग, भोक, र सोकको जिन्दगी जिउन बाध्य त्यहाँका नागरिकले केहि हद सम्म खुशी भएका छन् । वडाअध्यक्षको ब्यक्तिगत पहलमा उर्जा मन्त्रालय सङको सहकार्यमा आफ्नो वडाका ८० घरधुरीलाई ८० वटा सोलार प्यानल वितरण गरिइएको हो ।

बत्तिको अभावमा दुख झेल्दै आएका नागरिकहरुको केहि दैनिकीमा परिर्वतन आउने देखिन्छ । दैनिक घरायसी प्रयोगमा आउने बिजुलीले उनिहरुको मुहारमा खुसि छायको छ।
अव त्यहाँका आम नागरिकले बत्तीको उज्यालो सङ पढ्न लेख्न पाउने भएका छन् । खाना पकाउन सजिलो हुने छ । मोबाइल चार्ज गर्न अरुको घरमा धाउनु पर्ने बाध्यता हटेको छ । गाउँमा सोलार आएपछि, त्यहाँका सर्वसाधारणले उज्यालो ल्याइएको भन्दै वडा अध्यक्ष शाही लाई बधाई दिएका छन् ।

सम्बन्धित खवर

Back to top button