नेपाली काँग्रेस १४औं महाधिवेशनमा चिगाँड गाउँपालिका सभापतिमा नेता डोर प्रसाद शर्माको दाबी

दिपेन्द्र थापा मगर
सुर्खेत ७ साउन । नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकिदै गरिरहेको वेला चिङ्गाड गाउँपालिका सुर्खेतमा पनि हाल कार्यबाहक सभापति डोर प्रसाद शर्माको नाम चर्चामा रहेकोे छ । तरुण दलबाट राजनीति सुरुवात गरेका शर्माले यतिबेला सभापतिको दावि गरिरहेका छन । सभापतिको दावेदारिको चहलपहल चलिरहेकै बेला नेता शर्माले महाधिवेशनमा आफुपनि सभापतिको दावेदारि रहेको बताए ।

२०५९ सालमा नेपाली काङ्ग्रेसको साधारण सदस्यता लिएका नेता डोर प्रसाद शर्माले २०६४ सालमा कृयाशिल सदस्यता प्राप्त गरेका थिए। पार्टीको ११औ महाधिवेशनमा मटेला गा.बि.स. सचिबको जिम्मेवारी निर्वाह गरेका शर्माले १२ औ महाधिवेशनमा सभापतीको जिम्मेवारी बहन गरेका थिय। १३ औ महाधिवेशन पछी तरुण बिभाग केन्द्रिय सदस्य भएका हुन । २३ बर्षको उमेरमै मटेला गा. वि. स. सभापति को जिम्मेवारी बहन गरेका नेता शर्मा राजनीति तथा समाजिक कार्यमा निकै व्यस्त नेताको रुपमा लिन सकिन्छ । कोभिड महामारीको बेला जनता सङ्ग प्रत्येक्ष भेटघाट राहत बितरण तथा कुनैपनी समस्या पर्दा जनताका लागि दौडधुप गर्ने नेताको रुपमा उनि परिचित छन । युवामैत्री बिचार प्रतिबद्ध नेता शर्मा जनताका हरेक सुख दुखमा नजिक हुने एक नेता भित्र पर्दछन ।

स्वास्थ्य क्षेत्रमा आफुलाइ समर्पित गरेका नेता शर्माले कुनैपनी समस्यामा परेका बिरामी हरुलाइ राती १२ बजे भएपनी आफुले सक्ने सहयोग गर्न तत्पर रहने भएको हुदा उनलाइ स्थानीय जनताले औधी रुचाउने गरेको पाइन्छ। जनताको हरेक शुख दुखमा साथ दिदै र जनताको मन जित्दै आएका नेता शर्माले उनै जनताको बिश्वासका साथ महाधिवेशनमा ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सता होइन समाज, नेता होइन नितिको बहस जरुरि भएकोले सङठन, बिचार, एजेण्डा, नैतिकता र समाजवाद सहितको दृस्टिकोण बाट नै महान नेता बिपि कोईरालाले देखेको समाजबादको सपनालाई सफल बनाउन सकिने भएकोले काङ्ग्रेस भित्र युवाहरुको नेतृत्व अपरिहार्य रहेको हुदा नेता शर्माले आफुले पनि सभापतिमा दाबी गर्ने बताए।
यस अवस्थाबाट पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच तथा नेतृत्त्व आवश्यक भएकोले सभापतिको दावेदारि गरेको नेता शर्माको भनाइ छ । पार्टीको नेतृत्व कसले गर्ने यो महाधिवेशनले नै टुङ्गो लगाउने विषय हो । नेतृत्वको बारेमा हाम्रा आ-आफ्ना धारणा छन । हामीले मर्यादित ढंगले आफ्ना धारणाहरु राख्न सक्छौ र हाम्रो धारणाको परीक्षण त्यही महाधिवेशनबाट हुने उनको भनाइ रहेको छ।
काङ्ग्रेसको आम नव मतदाता कार्यकर्ताहरुको मर्मलाई ध्यानमा राखेर नेपाली काङ्ग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताए । अब काङ्ग्रेस सच्चिन पर्छ नेतृत्वले स्ट्रिरिङ परिवर्तन गर्दै कार्यकर्ता र युवा मतदाताको मुद्दामा आफ्नो छुट्टै धारणा बनाउँदै अघि बढेमा मात्र नेपाली काङ्ग्रेस गन्तब्यमा पुग्ने उनको भनाइ छ । त्यसैले अबको कांग्रेस सबैको काङ्ग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बनेर पार्टीलाई व्यवस्थित बनाउन नेतृत्व बिचमा राजनीतिक अन्तर दन्दको अन्त्य गर्दै मेलमिलाप र सहकार्यको आवस्यकता रहेको नेता शर्माले बताए।
देश चलाउन पार्टी र पार्टी चलाउन ब्यक्तिको ठूलो हात रहने भएको हुदा पार्टीलाई चलायमान बनाइराख्नु युवाहरुको विशेष भुमिका रहने नेता शर्माले बताए। त्यसो भन्दै गर्दा पुरानो नेताहरुलाइ पुर्ण रुपमा साइड लगाउने नभएर पुरानो नेताहरुलाइ संमानका साथ उहाहरुको अवस्थाले जहाँ सुहाउछ त्यही स्थायित्व गर्दै उहाहरुकै सल्लाह लिदै आफुहरु पार्टीलाई चलायमान बनाउनमा लागि पर्ने उनले बताए।

सम्बन्धित खवर

Back to top button