सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

धनगढी,१३ साउन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना विरुद्धको खोप लगाइएको छ। आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिएपनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै कोरोना विरुद्धको खोप लगाएको हो।

मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो। मन्त्रालयमा पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारी निकट व्यक्तिको भागाभाग भएको थियो।

यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई मात्र खोप लगाइने भनिएको थियो।

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सो बारेमा जानकारी नभएको प्रतिक्रीया दिए। ‘तपाइहरु आएपछि मात्रै मैले जानकारी पाए। सोबारे म बुझ्छु,’ उनले भने।

सम्बन्धित खवर

Back to top button