पूर्वमाओवादीका ४ नेताको रिट कार्कीको इजलासमा सुनुवाइ हुने

काठमाडौं,१४ साउन : माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका ४ नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो ।

यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो ।

निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित खवर

Back to top button