नेपाली कांग्रेस डडेल्धुराको सभापतीमा करुणाकर भट्टको उम्मेदवारी किन र के का लागी ?


डडेल्धुरा,१६ साउन : नेपाली काँग्रेस केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला, डडेल्धुरामा जिल्ला अधिवेसनको सरगर्मी बढेको छ । जिल्लामा अधिवेशनको सरगर्मी बढेसंगै बहालवाला उपसभापति करुणाकर भट्टद्धारा जिल्ला सभापतिमा उम्मेदवारी दावी गरको छ । भट्ट जिल्लामा लामो समय पदाधिकारी भई पार्टी संचालनको अनुभव लिईसकेका र प्रखरवक्ताका रुपमा चर्चित नेताका रुपमा चिनिन्छन ।
कृयाशिल सदस्यहरुले यसपालाको जिल्ला अधिवेशनमा आफुलाई मतदानगरी न्याय दिने भन्दै उमेदवारी घोषणा गरेका हुन । भट्टले आफु चार तारा, रुखको छहारीमा झण्डै तिन दशक देखी कृयशिल छु, पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको छु , अव स्वभाविकरुपमा आफ्नो पालो आएको समेत उनले सुनाए ।



भट्टको जिल्ला सभापतिमा उम्मेदवारी किन र के का लागी ?
१) नेपाल लाई धार्मिक स्वतन्त्रता सहितको हिन्दू राज्य को लागी पार्टी भित्र बहस को बिषय बनाउने ।
२) डडेलधुराका प्रत्येक बस्ती हरुलाई मदिरा र लागु पदार्थ नियन्त्रण बस्तीका रुपमा अगाडी बढाउने ।
३) नेपाली कांग्रेस भित्र वडा तह देखीनई आधा युबा र आधा पाका को निती लागु गरी युबा अकर्षण पार्टी बानाऔ बहस अघी बढाइने छ ।
४) पार्टी भित्र बिधि र पद्दती स्वस्छता कायम गर्दै सबैको आत्म सम्मान को पार्टी बनाउने र सबै अट्ने कांग्रेस बनाई डडेलधुरा मा गुट उपगुट रहित कांग्रेस बनाउने ।
५) आफ्नो कार्यकालमा कम्तीमा ७ ओटा पालिकामा पार्टी कार्यालय बनाउने पहल गर्ने ।
६) पार्टी का तल्लो तहको सिफारीस र निर्णय प्रथमिकतामा राखी संस्थागत संरचना बलियो बनाउने ।
७) पार्टीका सबै भात्री संघ र संगठनहरुलाई चुस्त दुरुस्त बनाई सक्रिय बनाउने ।
८) आगामि स्थानिय,प्रदेश र संघ को निर्वाचनमा पार्टीलाई जिताई जिल्लामा पार्टीलाई ससक्त प्रभाब देखाउने पार्टी बनाउने ।
को हुन नेपाली कांग्रेस डडेल्धुराका सभापतीका उम्मेदवार करुणाकर भट्ट ?
२०५१ साल मा ने बि संघ भुवनेश्वरी मा बि बड बसन्तपुर एकाइ समिति को सचीव २०५२ सालमा सोही समिती को अध्यक्ष ,२०५२ सालमा ने बि संघ डडेलधुरा को सदस्य ,२०५३ मा ने बि संघ डडेलधुरा को सह सचीव ,२०५६ मा ने बि संघ सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर को इकाई समिती को सचीव २०५७ मा सोही इकाई को अध्यक्ष २०५७ मा सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर को स्व बि यु सचीव मा निर्वाचित ,तत्पश्चात २०५८ मा ने बि संघ डडेलधुरा को उपसभापति र डडेलधुरा बहुमुखी क्याम्पस को ने बि संघ इकाई अध्यक्ष २०५९ र २०६१ को डडेलधुरा क्याम्पस मा अन्तिममा स्थगन भएको निर्वाचन मा स्व बि यु सभापति को उम्मेदवार ,२०५९ मा ने बि संघ डडेलधुरा को जिल्ला अध्यक्ष २०६७ मा नेपाली काङ्ग्रेस डडेलधुरा को सहसचिव तथा पार्टी को सङगठन बिभाग प्रमुख ,२०७२ को पार्टी को ६टौ अधिबेशन मा खुल्ला सदस्य पद मा सबैभन्दा बढी मत का साथ निर्वाचित भय पछि हाल पार्टी को उप सभापति र दर्जन पटक का वा सभापति भयर काम गरेको,हाल पार्टी को प्रशिक्षण शाखा प्रमुख पनि रहि कामगरेको राम्रो अनुभव भएको ।








