कोरोना सङ्क्रमण बढ्दै गएपछी चिङ्गाड गाउँपालिका वडा न ३ र ४ मा निषेधाज्ञा

वीर खाँण ठकुरी
सुर्खेत २७ साउन : सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ मा पर्ने मटेला [ ठाटी बजार ] र आसपासका क्षेत्रहरूमा बिस्वभरी फैलिएको कोरोना भाइरस ( Covid-19) व्यापक रुपमा फैलिरहेको छ।
तर स्थानीय सेरोफेरोमा मुख्य बजारको रुपमा चिनिने ठाटी बजारमा मानिसहरुको आवतजावत प्रसस्त मात्रामा हुनेभएको हुदा र कोरोना भाइरसको डर मानिसहरुमा हराउदै गैरहेको कारण उक्त रोगको रोकथामको लागि चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ ले मिति २०७८-४-२७ गते संयुक्त रुपमा बैठक बसि मिति २०७८-४-२८ देखि मिति २०७८-५-२ गतेसम्म वडा भित्रका सबै ठाउँहरुमा शिलबन्दी गरिएको भनी वडा नं ३ का वडाध्यक्ष रेशम बहादुर जि सि र वडा नं ४ का वडाध्यक्ष अमर बहादुर चन्दले सुचना प्रकाशित गरेका छन।
उक्त शिलबन्दी भित्र स्थानीय ठाटी बजार लगाएत ग्रामीण क्षेत्रका खाध्य तथा अत्यावश्यक पसलहरु बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म मात्र खोल्न पाउने भएकाछन। भने भेला, बैठक , भोजभतेर लगायत जमघटहरु पुर्णरुपमा बन्द गरिएको छ।साथै एउटा टोलबाट अर्को टोलमा अत्यावश्यक काम बाहेक आवतजावत गर्न पनि बन्देज लगाइएकोछ।
कोरोना संक्रमित ब्यक्तिहरु अनिवार्य सुरक्षीत रुपमा होम आइसोलेशनमा बस्नुपर्ने यदि इमानदारीपुर्वक नबसेको भेटिएमा त्यस्ता संक्रमित ब्यक्तिलाइ सस्थागत आइसोलेशनमा राख्ने पनि जानकारी गराइएको

सम्बन्धित खवर

Back to top button