वाइसीएल जाजरकोटका जिल्ला अध्यक्ष जि. सि. नेपाली काङ्ग्रेसमा प्रवेश


दिपेन्द्र थापा मगर
जाजरकोट ६ भाद्र : जाजरकोट जिल्ला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवादस्ता योंग कम्युनिस्ट लिग वाइसीएलका अध्यक्ष भिम बहादुर जि. सि. नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।
काठमाडौमा सम्पन्न एक कार्यक्रममा वाइसीएल अध्यक्ष जि.सि. ले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभासंसदिय दलका नेता जीवन बहादुर शाहिले नेपाली काङ्ग्रेसको साधारण सदस्यता दिदै स्वागत गरेका छन।
नेपाली काङ्ग्रेसमा प्रवेश गरेका वाइसीएल अध्यक्ष जि सि लाई नेपाली काङ्ग्रेस नेता शाहीले स्वागत गर्दै नेपाली काङ्ग्रेसको बिचार सिद्धान्त र आस्थाको माध्यमबाट लोकतान्त्रिक समाजबादको लक्ष्य प्राप्तिमा जिसि को महत्वपूर्ण सहयोग रहने विस्वास गरेका छन।
अहिले चलिरहेको कम्युनिस्ट शासन र पद्धतिले गर्दा देशमा उनीहरुको आसेपासे र आफन्तहरु बाहेकका जनताहरु ज्यादै असन्तुष्ट भएकोले समृद्ध नेपाल शुखी नेपाली रहनको लागि देशमा काङ्ग्रेसनै सर्बप्रीय पार्टी भएकोले युवाहरू लगाएत बुद्धिजीवी नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु नेपाली काङ्ग्रेसको बाटोमा आउनुपर्ने नेता शाहिले बताएकाछन।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जाजरकोटका सचिव खडक बि सि , नेता मुक्ती प्रसाद आचार्य ,ने.वि. संघ जाजरकोटका अध्यक्ष ललित बस्नेत लगायतका नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो। आजनै पार्टी प्रवेश गरेका जि सि लाई नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा तरुण बिभागका केन्द्रिय संयोजक शंकर भण्डारीले तरुण बिभागको कर्णाली प्रदेश उपसंयोजकको जिम्मेवारी दिइएको बताएका छन।













