सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन

दिलविक्रम शाही
सल्यान ०९ भाद्र :सल्यान जिल्ला बागचौर नगरपालिका १ कोटबेत निवासी निराधर बिश्वकर्मा हाल सल्यान प्रेस डटकम अनलाइनमा सह-सम्पादकको रुपमा कार्यरत थिए।

सह-सम्पादक बिस्वकर्मा केही दिन अगाडि देखि सामान्य बिरामी भएका थिय। तर स्वास्थ्यमा थप जटिलता देखीदै गएपछि उनि स्थानीय बागचौर नगरपालिका स्थित सहज पोलिक्लिनिकमा उपचारका लागि गएका थिए।
बिस्वकर्माको रिपोर्टमा निमोनिया र जन्डिस देखाएपछि स्वास्थ्य अवस्थामा झनै जटिल हुँदै गएको पोलिक्लिनिकका डा. सजल खड्काले बताएका थिय । उनलाई निमोनियाको कारण स्वासप्रस्वासमा बढीनै समस्या देखीएपछी कोरोनाको पनि आशंका गरिएको थियो।
आशंकाको कारण पोलिक्लिनिकले कोरोना जाँच गर्न भनेपछि बागचौर नगरपालिकाले संचालन गरेको कोभिड आईसोलेसन केन्द्रमा गइ एन्टिजेन परिक्षण गरेका थिय। तर एन्टिजेनको रिपोर्ट भने नेगेटिभ आएको थियो।
विश्वकर्मालाई २ दिन सम्मको उपचारले पनि स्वास्थ्य समस्यामा केही फरक नभएपछि जिल्ला अस्पताल खलंगा रिफर गरिएको थियो। जिल्ला अस्पताल खलंगामा पनि उपचारको समस्या हल नहुने भएपछि अस्पतालले नेपालगन्ज रिफर गरेको थियो। नेपालगन्ज अस्पतालमा २४ घण्टा नबित्दै उनको बुधबार अस्पतालमै मृत्यु भएको हो।
मृतक बिश्वकर्मा अहिले जम्मा २६ बर्षका मात्र भएका छन।

सम्बन्धित खवर

Back to top button