बि.ब्य.स अध्यक्षमा शर्मा तेस्रोपटक निर्विरोध चयन

सुर्खेत १७ भाद्र: चिङ्गाड गाउँपालिका सुर्खेतको श्री मालिका माध्यमिक विद्यालयको विद्यालय ब्यबस्थापन समिति गठन मिति २०७८-भाद्र १६ गते सम्पन्न भएको छ। जसमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा भने चिङ्गाडको युवानेता सवैको लोकप्रिय ब्यक्ति डोर प्रसाद शर्मा लगातार तेस्रो पटक निर्बिरोध विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन भएका छन।
अध्यक्ष शर्मा लगायतका विद्यालयले पुर्ण कार्यसमिति पाएकोछ। अध्यक्ष शर्मा यसपटक सहित तेस्रोपटक अध्यक्षमा सर्बसहमती भएकाछन। उनी विद्यालयमा अध्यक्ष भएकै पहलमा कक्षा ११-१२ सञ्चालन हुनुको साथै प्राबिधिक तर्फपनी कक्षा सञ्चालन हुँदै आइरहेको छ।
अध्यक्ष शर्मा विद्यालय सङ्गै सवैजनताहरुसङ्ग हातेमालो गर्ने जनताको सानोसानो दुखहरुलाइ पनि आफ्नै सम्झिने युवाहरुलाइ सधै प्रोत्साहन गर्ने भएको हुदा उनी सवैको लोकप्रिय बन्दै गएका छन। जसले गर्दा चिङ्गाडमा शर्माको काम सङ्गै नामपनि चुलिदै गैरहेको छ।

सम्बन्धित खवर

Back to top button