“दलित प्रतिनिधि द्वारा अबिर लगाई पदभार ग्रहण “वडासभापती गुरुङ

दिपेन्द्र थापा मगर
दैलेख २३ भाद्र : नेपाली काँग्रेस १४औं महाधिवेशनको वडा अधिबेशन २०७८ भाद्र १८ केही बिबादित जिल्लाहरु बाहेक देशैभरी सम्पन्न भएकोछ। सोही अनुसार दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं ६ मा दल बहादुर गुरुङ सर्बसहमती चयन हुनुभएको छ।
२०३६ सालबाट नेपाली काङ्ग्रेसको राजनीतिमा होमिनुभएको सभापति गुरुङ २०४९ सालको स्थानीय निकाय निर्वाचनमा साबिक सल्लेरी गा.बि.स वडा नं १ को वडाध्यक्षमा निर्बाचित हुनुभएको थियो भने २०५४ सालको निर्वाचनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो। अनेकौं बाधा अवरोधका साथ साथै पनि सभापति गुरुङ २०७४ सालको स्थानीय निर्बाचनमा नौमुले गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ।
योभन्दा पहिले २ कार्यकाल वडा सभापति सम्हालिसकेका गुरुङ यसपालि सभापतिमा सर्वसहमती निर्बाचित भएसङ्गै तेस्रो कार्यकाल सम्हाल्न पुगेका छन ।सभापति गुरुङ एक कर्मठ इमानदार र जनप्रेमी नेताको रूपमा स्थानीय जनतासङ्ग परिचीत हुनुहुन्छ। गुरुङ तेस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भैसकेपछी स्थानीय वयवृद्ध दलित कृयाशिल सदस्य गोपाल बि.क बाट अबिर ग्रहण गरि वडा सभापति पदको जिम्मेवारी ग्रहण गर्नुभएको छ।

सम्बन्धित खवर

Back to top button