६औं संविधान दिवसको अवसरमा जाजरकोटमा सरसफाइ कार्यक्रम


सुरेन्द्र शाही
जाजरकोट ०३ असोज: जिल्लाको भेरि नगरपालिका स्थित सदरमुकाम खलंगामा आज बिहान ८:०० बजेदेखि जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा ६औं संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम सुरु भएको छ ।
उक्त सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा ज्यू , श्री चन्दन नाथ गण मालिका व्यारेक जाजरकोटका गणपती ज्यू ,जिल्ला प्रहरी कार्यालय प्रमुख ज्यू,जिल्ला सशत्र प्रहरि प्रमुख ज्यू ,अनुसन्धान विभाग प्रमुख ज्यू, नेपाली सेना ,नेपाल प्रहरि लगायत ६०/७० जनाको सरसफाइ कार्यक्रममा सहभागी भै सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।










