१४औं महाधिवेशन भेरी नगरपालिका सभापतिमा शशीराम बुढा मगर भारी मतले बिजयी


दिपेन्द्र थापा मगर
जाजरकोट १० असोज :नेपाली काङ्ग्रेसमा सशक्त एव चर्चित युवा नेता शशी बुढा मगर गत ०७४ सालको स्थानीय निकाय निर्वाचनमा निर्वाचित भेरी नगरपालिका वडा न ९ बहालवाला वडा अध्यक्ष पनि हुन । भेरी नगरपालिकामा नगर सभापतिको लागि अन्तिम समय सम्म सहमतिमा नेत्तृत्व चयनका लागि कोसिस भए पनि सहमती जुट्न नसक्दा अन्ततः मतदान भएको थियो ।
कुल मतदाता २२१ रहेको नेपाली काङ्ग्रेस भेरी नगरपालिकाको मतदानमा २१५ मत खसेका भएपनी ४ मत बदर भएका थिए। सदर २११ मत मध्य विजयी शशीराम बुढा मगरले १६८ र प्रतिद्वन्द्वी ज्ञानी आचार्यले ४३ मत प्राप्त गरेका थिए ।
नगर सभापति बाहेकका अन्य पदमा भने निर्बिरोध निर्वाचन सम्पन्न भएको छ।जस्मा (उपसभापति) दल वहादुर राना , विर्ख वहादुर कार्की (सचिव)मोतीराम न्यौपानै , तुल्सी वस्नेत (सह सचिव) सुस्मा शाह ,लक्ष्मण शाह निर्विरोध चयन भएका हुन भने सदस्यहरुमा प्रत्येक वडा बाट ३ खुल्ला १ महिला अनिवार्य र २ समावेशी , सहित ७२ जना निर्विरोध निर्वाचित भएका हुन्।














