नेकपा एमाले शिवालय गाउँअधिबेशनबाट सचिवमा_महेश थापा चयन


जाजरकोट १५ कार्तिक :नेकपा एमाले शिवालय गाउपालिका प्रथम गाउँ अधिबेशन सर्बसहमत सम्पन्न भएको छ। उक्त अधिबेशन बाट शिवालय गाउँपालिकाको सचिव जस्तो गरिमामय पदमा एक उर्जाशिल यूवा महेश थापा सर्वसहमत चयन भएका छन।
शिवालय गाउँपालिका ३, सिमामा बुवा हरि ब. थापा र आमा कुमारी थापाको कोखबाट जन्मिएका जेष्ठ सुपुत्र महेश थापा नेकपा एमालेको विद्यार्थी राजनीति देखि सक्रिय हुँदै आइरहेको हुन।
थापाले गाउँसमाजमा विभिन्न किसिमको सामाजिक कार्यहरुमा अग्रसर हुँदै काम गर्दै आइरहेका छन। हाल उनी शिवालयका सवै यूवाहरुको आशालाग्दो एक बलियो यूवानेताको रुपमा चिनिदै आइरहेका छन। सवै यूवाहरुको आशाको किरण बनेका थापाले यस अधिबेशनबाट भने पार्टीको गाउँपालिका सचिव हात पारेका छन।












