सुर्खेत चिङ्गाडमा पुर्णिमा मेलाका अवसरमा भलिबल प्रतियोगिता हुदै

वीर खाण ठकुरी, सुर्खेत २३ कार्तिक । चिङ्गाड गाउँपालिका अन्तर्गत मटेला ठाँटी मेलामा भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर पुर्णिमा तिथिको अवसर पारी लाग्ने ठाँटी मेला सुर्खेत जिल्लाकै एउटा उत्कृष्ट मेलाको रुपमा परिचित छ । धार्मिक तथा सास्कृतिक रितिरिवाजको महत्त्वपूर्ण जग मानिने चिङ्गाड गाउँपालिकाको यस मेलामा विभिन्न भेषभुषा नेपाली मौलिकताले भरिपूर्ण परम्परागत काल देखि चलिआएका विभिन्न मौलिक नाचहरुको प्रदर्शन हुने गर्दछ। यसपटक सास्कृतिक कार्यक्रम भने राखिएको छैन् । छोटो समय भएकोले उक्त कार्यक्रम राख्न नसकिएको बजार व्यवस्थापन समिति अध्यक्ष महेश जिसीले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद हामी सबै को लागि खेलकुद भने मुल नाराका साथ भलिबल खेलको आयोजना गरिएको हो ।

ठाँटी मेला बिगतदेखि लाग्दै आएको हो । मेलामा परम्परागत सांस्कृती झल्किने खालका गाउँघरमा खेलिने लहरे खेल, सुर्खेत जिल्ला विभिन्न पालिका बाट आउने पञ्चेबाजा, गर्रा, सिंगारु, देउडा लगायतका नृत्य खेलहरु प्रस्तुत हुने गर्दछन् । ठाँटी मेलामा सुर्खेत, दैलेख, जाजरकोट लगायत विभिन्न जिल्लाहरु बाट मानिसहरु आउने गरेका छन् । मटेला ठाँटी बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आउँदो मंसिर ३ गते लाग्ने ठाँटी मेलालाई व्यवस्थित रुपले सञ्चालन गर्ने निर्णय गरेको छ ।

चिङ्गाड गाउँपालिका अध्यक्ष देव बहादुर चन्दको प्रमुख आतिथ्यता, वडा न.३ का अध्यक्ष रेशमबहादुर जिसीको विषेश आतिथ्यता, सल्लाहकार समिती संयोजक डोर प्रसाद शर्मा, सदस्य नरसिंह जिसी र पुर्व अध्यक्ष पदाधिकारी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले निर्णय गरेको हो । मेलाको दोस्रो दिन मंसिर ४ देखि ६ गतेसम्म अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता सन्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बिगत देखि नै भलिबल प्रतियोगिता गर्दै आएको व्यवस्थापन समितिले यसपटक पनि भलिबल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने ईच्छुक भलिबल टिमको लागि दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम पुरुस्कार रु ८० हजार, द्वितीय पुरुस्कार रु ५० हजार र तृतीय पुरुस्कार रु ३० हजारसहित मेडल र ट्रफी सहित प्रमाणपत्र दिने व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । साथै उत्कृष्ट बिधाहरुमा पनि बिशेष पुरुस्कारको व्यवस्था गरिने व्यवस्थापन समितिका अध्यक्ष जिसीले जानकारी दिए। मटेला ठाँटी मेलामा पर्यटन प्रवद्धन तथा पुराना कला सास्कृतिक रितीरीवाज लाई समेत जगेर्णा गर्दै आएको छ ।

सम्बन्धित खवर

Back to top button