नेपालगन्ज देखि सुर्खेत जादै गरेको कार दुर्घटना , ३ जाना गम्भीर घाइते,४ को अवस्था सामान्य



कार्तिक,२४, बाँके :- कोहलपुर देखि सुर्खेत भाइटीका लगाउन जादै गरेको बाँ २१ च.६३४० को कार र बिपरित दिशाबाट आएको अटो रिक्सा एकआपसमा ठोकिदा ३ जना गम्भीर गाइते भएका छन् भने ४ को अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा कार र अटो रिक्सा क्षतिग्रस्त भएका छन् । २० गते विहान करिब १० बजे तिर टिका लगाउन सुर्खेत तिर जादै गरेको सत्कार पोष्टका सह सम्पादक एवं कोहलपुर हेल्थ केयर हस्पिटल प्रा.लि का सञ्चालक ललित पहाडीको निजि सवार कार सुर्खेत भेरी पुल अगाडी धुलिया बिट पुग्न भन्दा २ किलो मिटर नजिक जङ्गलको मोडमा दुर्घटना भएको हो ।
कारको तिव्र गति र रिक्साको क्षमता भन्दा बढी यात्रुको कारण मोडमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा परि सुर्खेत ९ निवासी अटो चालक २१ बर्षको कलि मुल्ला, ५० बर्षिया प्रेमा रोकाय, लेक फोर्सा निवासी बर्ष ३८ की हरीकला घर्ती मगर, २० बर्षको जमुना बुढा मगर उनको ३ बर्षिया बालक सहित ७ जना घाइते भएका छन्। कारमा सवार सबैको अवस्था भने सामान्य रहेको छ ।

हात, खुट्टा र घुडा भाँचिएका तिनै जनाको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ , घाइते तिनै जनाको आकस्मिक शल्यक्रिया गरेर राखिएको र हाल सबै जना खतरा मुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ।



अन्तत घाइतेहरुको सम्पुर्ण उपचार खर्च,अटो रिक्सा र कार स्वयम् कारधनिले नै बेहोर्ने गरी सहमति भएकोजनाइएको छ ।









