नेपाली काङ्ग्रेस चिंगाड गाउँपालिका अधिबेशन सप्पन्न सभापति -डोर प्रसाद शर्मा निर्बाचित


वीर खांण ठकुरी
सुर्खेत ०३ मङ्सिर : नेपाली काङ्ग्रेस चिङ्गाड गाउँपालिकाको १४औं महाधिबेशन सम्पन्न भएको छ। अधिबेशन बाट गाउँपालिका सभापतिमा चिङ्गाडका लोकप्रीय यूवानेता डोर प्रसाद शर्मा प्यानल सहित निर्बाचित भएका छन।
चिङ्गाड गाउँपालिकामा सभापतिमा डोर प्रसाद शर्माले ६५ मत ल्याइ निर्बाचित भएका छन भने उनका प्रतिद्वन्दी करसिं रानाले ३४ मत ल्याइ पराजित भएका छन। उपसभापतिमा दल बहादुर खांण(५९) र शुक्र बहादुर वलि(५९) मत ल्याइ निर्बाचित भएका छन भने प्रतिद्वन्दी भिम बहादुर बि.क(४५) चन्द्र बहादुर थापा (३३) मत ल्याइ पराजित भएका छन।
सचिव पदमा तिल बहादुर राना(६९) तिल बहादुर खड्का (६४) मत ल्याइ निर्बाचित भएका छन भने भक्त बहादुर राना(३७) मत ल्याइ पराजित भएका छन। कार्यसमितिमा सभापति डोर प्रसाद शर्माको प्यानलसहित बिजय भएका छन।











