नेपाली काङ्ग्रेस जाजरकोट क्षेत्र नं २को अधिवेशन सर्वसहमत सप्पन्न-सभापति जनकराज शर्मा न्यौपाने


जाजरकोट ०७ मंसिर : नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर २ (ख) को १४औं महाधिवेशन सर्वसहमत सप्पन्न भएको छ।अधिबेशन बाट यूवानेता पुर्व क्षेत्रीय सहसचिव जनकराज शर्मा न्यौपाने सभापतिमा चयन भएका छन।शर्मा विद्यार्थीबाट राजनीति गर्दै पार्टीको राजनीतिमा १३औं महाधिवेशन बाट क्षत्रीय सहसचिवमा चयन भै आएका थिय।
शर्मा १४औं महाधिवेशनमा क्षेत्रीय सभापति हुदैगर्दा उनले राजनीतिमा ठुलै फड्को मारेका छन। राजनीतिमा धेरै सिनियर नेता तथा कार्यकर्ताहरुलाइ पछाडि पार्दै शर्माले सभापतिको बाजि मारेकाछन। शर्मा यतिबेला सभापति भएको हेर्दा उनी भोलिको दिनमा पार्टीको राजनीतिमा निकै माथिसम्म पुग्ने महसुस गर्न सकिन्छ।
सभापति जनकराज शर्मा न्यौपानेको कार्यसमिति उपसभापति-मोतिलाल खत्री,जय बहादुर नाथ, सचीव-दिपेन्द्र थापा मगर, निम बहादुर शाही, सहसचिव-पारस बिक्रम के.सि., रेशम शाही, सङ्गै १७ सदस्य चयन भएकाछन।
सदस्यहरुमा-दिपाराम गौतम, दिपेन्द्र राना,कल्दर सिंह, जनक शाही,लोकेन्द्र बहादुर थापा, बम बहादुर खत्री,पृथ्वी बहादुर बुढा,(महिलातर्फ)-महिमा शाही,नैनसरा सिंह,सीता शाही,(खसआर्य)-ललित बस्नेत, गोरख बहादुर खड्का,(खसआर्य महिला)- तुल्सी कुमारी शाही,मनिषा रावत,(दलिततर्फ)-तुलविर तिरुवा,जुनकिरी दमाइ,(अपांगतर्फ)-हरिश्चन्द्र उपाध्याय चयन भएका छन।












