नेपाली काङ्ग्रेस कर्णालिमा ललित जंग शाही भारिमतले बिजयी


सुर्खेत १९ मंसिर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका सभापतिका उम्मेदवार ललितजंग शाहीको शानदार जित भएको छ । उनी १०५ मत अग्रताको साथ बिजयी भएका छन।
सभापति शेरबहादुर देउवा निकट मानिने ललितजंग शाहीले ४२२ सहित सभापतिमा जित हासिल गरेका छन। कर्णालीमा भएको जम्मा मत संख्या ७७१ खसेको मत जम्मा ७५४ रहेको थियो।
सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाहीले जम्मा ३१७ मत पाएका छन् । भुुपेन्द्र नेता रामचन्द्र पौडेल समूहका सभापतिका उम्मेदवार हुन् ।
सभापतिका अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत पाएका छन् । बम उप–सभापति विमलेन्द्र निधि निकटका हुन् ।
कांग्रेसको प्रदेश कार्यसमितिको सभापतिमा देउवा समूहले कर्णाली प्रदेशमा जित हासिल गरेर पहिलो खाता खोलेको छ ।














