शेरवहादुर देउवालाई हराएरै छाड्छु : निधि

काठमाडौं,२७ मसिर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाटै भएपनि सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने दावी गरेका छन्। आइतबार सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
उनले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी गर्दै दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुने बताएका छन्।

सम्बन्धित खवर

Back to top button