देउवालाइ ८२ मत नपुग्दा दोस्रो चरणको निर्बाचन हुदै


काठमाडौ २८ मंसिर : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको केन्द्रिय सभापतिको मत गणना सम्पन्न भएको छ। सभापति पदको लागि देउवालाइ ८२ मत कमि भएको कारण ५१% पुगेको छैन। सभापति पदको लागि दोस्रो चरणको चुनाव हुने पक्का भएको छ। सभापतिको लागि जम्मा ४६८१ मत खसेको थियो। जसमध्ये ५४ मत बदर भएकोछ। सभापतिको लागि शेर बहादुर देउवाको- २२५८, डा. शेखर कोइराला- १७२९, प्रकाश मान सिंह – ३७१, बिमलेन्द्र निधि- २४९, कल्याण गुरुङ- २० मत पाएका छन। दोस्रो राउन्डको सभापतिको लागि चुनाव आजै हुने भएकोछ।











