सभापतिको लागि दोस्रो राउन्डको मतगणना शुरु


काठमाडौ २८ मंसिर। नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ ।
राष्ट्रियसभा गृहमा भर्खर मतगणना सुरु भएको हो । दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।








