शेखरलाई ८७८ मतले पछाडी पार्दै देउवा काङ्ग्रेस सभापतिमा निर्बाचित

दिपेन्द्र थापा मगर
मंसिर २८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७३३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८५५ मत प्राप्त गरे।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।

कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ ५६४ जनाले मतदान गरेका थिए।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा पार्टी सभापतिका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

सोमबारको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा पहिलो चरणमा सभापतिका प्रतिस्पर्धी रहेका अन्य ३ जना प्रतिस्पर्धी (प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ)ले देउवालाई समर्थन गरेका थिए।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका थिए। कूल  ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये सोमबारको निर्वाचनमा ४६७९ प्रतिनिधिले मतदान गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा भन्दा देउवाले ४६६ मत बढी प्राप्त गरे।

२०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनले दोस्रो चरणको मतदानबाटै सभापति जितेका थिए ।

सम्बन्धित खवर

Back to top button