डडेल्धुराका जिसस प्रमुख गणेश भट्टको निधन

डडेल्धुरा,५ पुष : जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो।
सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्।
५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए। नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव समेत भएका भट्ट यस पटक कांग्रेस डडेलधुरा प्रदेश (ख)का क्षेत्रिय सभापति थिए।

सम्बन्धित खवर

Back to top button