भगवती माबिका लेखापाल बस्नेतले २१ लाख भन्दा बढि रकम हिनामिना गरेको खुलासा

No description available.

कोहलपुर । बाँके जिल्लाको बैजनाथ गाउँपालिका ८ हसनापुर स्थित बि.स.२०४० सालदेखि संन्चालनमा रहेको श्री भगवती माध्यमिक बिद्यालयका लेखापाल भुपेन्द्र बस्नेतले बिद्यालयको रकम रु २१ लाख ३६ हजार ९ सय ५१ रुपैयाँ कसैलाई थाहा नदिएर भ्रष्टाचार गरेको खुलासा भएको छ ।

उनीले यो कुरालाई गोप्य राख्नको लागि बिब्यसको बैठकमा हिसाबकिताब माग्दा भाग्न पनि थाले । यो हिसाब १७ महिना देखिको हिसाब गुपचुप बनाएर ठुलो रकम पचाउने परपन्च रच्न थालेपछि । बिब्यस अध्यक्ष मोहन सिंह र प्रअ जय सिंह रोकायको सोझोपनको फाइदा उठाउन अग्रसर भए । उनलाई प्रअ रोकायले रकम जम्मा गर्नु भो भन्दा गरे भन्दै २० हजार गर्दै आफुखुशी कसैलाई जानकारी नै नदिएर बिद्यालयको रकम खर्च गर्न थाले हुन । उनको पैसा प्रतिको लालचले गर्दा अन्तमा यस्तो कुरा बाहिरिएको हो । लाखौं रकम जब उनले तिर्नुपर्ने भयो ।

भगवती बिद्यालयमा करार सेवामा कार्यरत बस्नेतले बिगत १७ महिना देखि बिद्यालयमा विभिन्न शिर्षकबाट संकलन भएको आर्थिक रकम हिनामिना गरेको खुल्नमा आएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतलाई बिज्ञान शिक्षकको रूपमा बिद्यालयमा भर्ना गरियो तर शैक्षिक अध्यापन अनुमती पत्र नभएपछी लेखापालको रूपमा स्थानीय बैजनाथ गाउँपालिकाबाट राहत करार शिक्षकमा भर्ना गरिएको खुलेको छ ।

आर्थिक अनियमितता सम्बन्धि बनेको उप समितिको प्रतिबेदन अनुसार बस्नेतले आर्थिक हिनामिना गरेको बिब्यस समक्ष पेश गर्दै कालो कर्तुत सार्बजनिक गरेको हो । बिब्यसका अध्यक्ष मोहन सिंहका अनुसार आर्थिक हिसाब किताब दुरुस्त राख्न पटक पटक अनुरोध गर्दा भोलि देखाउछु भन्ने त्यसपछि करिब एक साता बिद्यालयनै अनुपस्थित हुनुका साथै उनको यस्तो शृंखला लामो समयसम्म चल्यो।

अध्यक्ष लगाएत बिब्यस समितिका पदाधिकारीहरुले बैठकमा उक्त आर्थिक सम्बन्धि कुरा निकाल्न साथ मजाक बनाएर हाँसोमै उडाउने गरे ।अन्तत आन्तरिक लेखा परिक्षण गराउन सम्पुर्ण हिसाब बुझाउन समितिले निर्देशन दियो । तर पनि आफ्नोकाम जिम्मेवारी पूर गरेनन् अन्तत शिक्षक वीरबहादुर सिंहको संयोजकत्वमा बनेको तीन जनाको आर्थिक लेखा उप समितिले करिब १५ दिनको छानबिन पछी बिब्यस समक्ष पेश गरेको प्रतिबेदनमा लेखापाल बस्नेतले २१ लाख ३६ हजार ९ सय ५१ रुपैयाँ आर्थिक हिनामिना गरेको प्रष्ट भएको छ ।

सो रकम बुझाउन लेखापालले एक महिना समय माग गरेता पनि धेरै समय दिनसक्ने अवस्थामा बिब्यस नभएको अध्यक्ष सिह बताए । आफुले यो बिषयमा एकल निर्णय गर्न नसकिने अब जे निर्णय गरेपनि सम्पुर्ण बिब्यसको बैठक बसेर समय दिने नदिने बारे छलफल गर्ने उनको भनाई रहेको छ । आफुले कुनै त्यो आर्थिक अबचलमा सहभागी छैन यदि हामीले आर्थिक चलन गरेको पुष्ठि भए सम्पुर्ण बिगो तिर्न तयार भएको समेत बताए ।

बिद्यालयका प्रअ जय सिंह रोकायका अनुसार लेखापाल बस्नेतले भौचर देखाउने तर संकलन भएको सम्पुर्ण रकम बैकमा जम्मा नगरी ९० हजारमा जम्मा ६० हजार बैकमा जम्मा गरेको बाँकी ३० हजार बिना जानकारी आफुले चलाउने त्यसै गरेर रकम वृद्धि हुँदै लाखौं पुगेको हो । आफुले एक रुपैयाँ समेत आर्थिक हिनामिना नगरेको यदि चलाएको पाईएमा पदबाट र जागिर दुबैबाट राजीनामा दिने दाबी गरेका छन् ।

बैजनाथ ८ का वडा सदस्य एवं बिद्यालयका पदेन सदस्य शुक्र रावतले आफुले आर्थिक दुरुस्त हिसाब मागेपछि बिस्तारै राज खुल्दै आएको हो । रावतको आरोप छ कि शैक्षिक अध्यापन अनुमती नभएकोलाई बिज्ञान विषयको शिक्षक बनाउनु नै गलत थियो । स्थानीय स्तरमा नेकपा एमालेको कार्यकर्ता भएकोले बस्नेतलाई लेखापालको रूपमा स्थानीय सरकारको निर्देशनमा करारमा नियुक्ति दिएर कार्यकर्ता पाल्ने काम गरियो ।

अब कुनै निश्चित पार्टीले शैक्षिक संस्था चलाउने त हैन त्यसैले अब योग्यताको बारेमा समेत प्रश्न चिन्ह खडा हुन्छ । पहिले वडा अध्यक्ष नै पदेन सदस्य थिए त्यतिबेला समेत बाहिर नआएको अब आउनुलाई वडा अध्यक्ष माथी पनि प्रश्न आउँछ । अब कसैलाई सामुदायको सार्बजनिक सम्पती हिनामिना गर्ने अधिकार छैन चाहे जो सुकै होस दोषीमाथि कार्बाही गर्न पछि नपर्ने रावतले दावी गरेका छन् ।

के साच्चिकै स्थानीय सरकारले कारबाही अगाडि बढाउछ त ?
यसबारे शिक्षा शाखा प्रमुख विश्वराज ढकाल के भन्छन् ?
अत्याद्यिक हिनामिना भए अक्तियारले नै छानबिन गर्छ बिद्यालयको आन्तरिक आर्थिक मामिलामा शिक्षा शाखाको काम कर्तव्य अधिकार बाहिरको कुरा हो । सम्पुर्ण जवाफदेहि सम्बन्धित बिद्यालय प्रअ बिब्यस का सम्पुर्ण पदाधिकारी समेतले आर्थिक हिनामिनाको जिम्मेवारी लिनुपर्ने ढकालको भनाई रहेको छ ।

उता लेखापाल बस्नेत गुनासो गर्दै भन्छन् गल्ती भएको सत्य हो । आफुले केही हिसाब मिलान गर्न सकिन तर यति धेरै हैन २१ अलि कम हुन सक्ने बताए । मैले गल्ती गरेको छु म आफ्नो गल्तिलाई स्वीकार छु । म शिक्षकमा भर्ना भएर पछि लाईसेन्स नभएको कारण लेखापालमा नियुक्ति गर्दा आर्थिक हिसाब आफुलाई राम्रोसँग गर्न नजानेका कारण आफू यो आर्थिक हिनामिनाको सिकार भएको बस्नेतको भनाई रहेको छ ।#hamropshuch.com#

सम्बन्धित खवर

Back to top button