व्यवस्थामा एक व्यवहारमा अनेक

भुपेन्द्र नेपाली
खलंगा । संवैधानिक व्यवस्थामा निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिए पनि ग्रामिण भेगका विद्यार्थीहरुले माद्यामिक तह अध्ययनको लागि पनि चर्को शुल्क तिर्नुपर्ने वाध्यता रहेको छ । व्यवस्था कार्यान्वन हुन नसक्दा ग्रामिण भेगहरुका धेरै विद्यार्थीहरु विच्चैमा पढाई छोड्न वाध्य भएका छन् । कोही पढेर पनि अनपढ जस्तो भएर जीविकापार्जन गरिरहेका छन् ।
जिल्लाको बारेकोट गाउँपालिका २ का स्थानीय राजेन्द्र नेपाली अहिले १९ बर्षका भए । उनी सानै उमेर देखि पढाईमा निकै रुचि राख्थ्ये र उत्तिकै लगनशिल, जेहेन्दार, मिहिनेती थिए । उनले उच्च शिक्षा पढेर सरकारी जागिरे बन्ने सपना बोकेका थिए ।

आफ्नो सपनालाई पुरा गर्ने उदेश्यका नेपालीले श्री विरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय, लिम्सा बाट २०७४ सालमा एस.इ.इ. र २०७७ सालमा माद्यामिक तह उर्तिण गरेसंगै श्री विजय लक्ष्मी प्राविधिक शिक्षालय विरेन्दनगर सुर्खेतबाट कृषि जे.टि.ए. पनि उर्तिण गरेका छन् । पढेर सरकारी जागिरे बन्ने सपना बोकेर उनले माद्यायमिक तह संगै प्राविधिक शिक्षाको पनि अध्ययन गरे ।

घरको आर्थिक अवस्था कम्जोर भएको उनले साहुसंग रिन कारेर भए पनि प्राविधिक शिक्षा पढे । अहिले आर्थिक अभावका कारण उनीलाई उच्च शिक्षा अध्ययन गरेर सकारी जागिरे बन्ने सपना पुरा हुन सकेको छैन् । उनले कक्षा ११ र १२ को विद्यालयमा शुल्कहरु दिन नसकेको हुँदा माद्यामिक तह उर्तिण गरेको प्रमाण पत्रहरु समेत पाएका छैनन् ।

उनी भन्छन्, विद्यालय पढ्ने उमेरमा कमाउन लाग्ने हो भने सार भविष्य अन्धकार हुने भयो । कमाउन छोरेर विद्यालय पढौं भने आर्थिक अवस्था कम्जोर छ विद्यालयहरुमा पनि छुटको व्यवस्था हुँदैन कतैबाट छात्रावृद्धिको व्यवस्था पनि हुँदैन् । यदी विद्यालयहरुले निःशुल्क व्यवस्था गरेम वा कतैबाट छात्राबुद्धिको व्यवस्था भएमा उच्च शिक्षा पढ्ने ठुलो उदेश्य छ ।

सोही ठाउँका वीरेन्द्र नेपाली अहिले १७ बर्षका भए । ७ बर्ष अगाडी उनले बारेकोट छोडेर डडेलधुरा गएका थिए । उनले उनले २०७६ सालमा डडेलधुराबाट एस.इ.इ. उर्तिण गरेका हुन । उनी अहिले श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत छन् । घरको आर्थिक अवस्था कम्जोर भएका वीरेन्द्र विद्यालयको शुल्क तिर्नका लागि नै भएपनि मजदुरी गर्न भारत पुगेका छन् । पढ्ने रहर हुँदा पनि आर्थिक अभावले गर्दा आफुले उच्च शिक्षाको पहुँच पुग्न नसकेको उनको भनाई रहेको छ ।

विरेन्द्र र राजेन्द्र एक उदाहरण मात्रै हुन् । जाजरकोट जिल्लाका अधिंकास दलित विद्यार्थीहरुले विच्चैमा विद्यालय छोड्नुको मुख्यकारण भनेकै घरका आर्थिक अवस्थाको कम्जोर भएर र संबैधानिक व्यवस्था कार्यन्वयन नहुनु पनि यसको मुख्य कारण रहेको छ ।

दलित समुदायका बालबालिकालाई उच्च शिक्षाको पहुँचमा पु¥याउनका लागि नेपालको संविधान २०७३ को धारा ४० को उपदफा २ मा दलित विद्यार्थीलाई प्राथामिक शिक्षा देखि उच्च शिक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर ग्रामिण भेगहरुका बिद्यालयमाहरुमा त्यो व्यवस्था लागु हुन सकेको छैनन् । निःशुल्क उच्च शिक्षा अध्ययन परको कुरा हो माद्यामिक तहको अध्ययनका लागि पनि चर्को शुल्क तिनु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले ईन्जिनेयर, एम.वी.वी.एस. पढाउने व्यवस्था ल्याए पनि दलित समुदायका विद्यार्थीहरुलाई व्यवस्थाले छोएको छैन् । यो व्यवस्थाले गरिब विद्यार्थीहरुलाई नभई पहुँचवाला विद्यार्थीहरुलाई छोएको छ । स्थानीय सरकारको व्यवस्थाको सही सदुपयोग गर्ने नै हो भने यो व्यवस्थाले गरिब जेहेनदार विद्यार्थीहरु छुनु पर्ने बारेकोट २ स्थानीय हरिबहादुर नेपालीले बताए ।

श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहका अनुसार गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा निःशुल्क शिक्षाको व्यवस्था गर्नको लागि आवश्यक रकमका व्यवस्था गर्न पटक–पटक आग्रह गरे पनिस्थानीय सरकारले भने सुनुवाई गरेको छैन् । विद्यालयको आर्थिकले भ्याय सम्म आमा बुवा नभएका विद्यार्थीलाई केही शुल्क छुट र अपाङ्ग भएका विद्यार्थीहरुलाई पुरै शुल्क छुटको व्यवस्था गरेको सिंहले बताए ।

सम्बन्धित खवर

Back to top button