नेपाली कांग्रेस जाजरकोटले तोक्यो ७ वटै पालिका संयोजक-ककस्ले पाए जिम्मेवारी


जाजरकोट ०८ माघ : नेपाली काङ्ग्रेस जाजरकोटले जिल्लाको ७ वटै नगरपालिका/गाउँपालिकामा संयोजकको जिम्मेवारी तोकेकोछ। नेपाली काङ्ग्रेसलाई स्थानीय पालिकाभित्र पार्टी संगठन बिस्तार,सुदृढीकरण तथा चलायमन बनाउने कार्यमा प्रभावकारी रुपमा सहजीकरण तथा समन्वयात्मक ढंगले संयोजन गर्नको लागि नेपाली काङ्ग्रेसको बिधान २०१७(संशोधन सहित) जाजरकोट जिल्ला सभापति बेदराज सिंहले यस्तो जिम्मेवारी बाडफाड गर्नुभएको जानकारी दिनुभएकोछ।

नेपाली काङ्ग्रेसको बिधानभित्र रहि पार्टी संगठन निर्माण तथा सुदृढीकरणका लागि सम्पूर्ण कार्यहरु प्रभाबकारी ढंगले सम्पन्न गरि पालिकामा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न उक्त जिम्मेवारीले मद्दत पुर्याउने समेत सभापति सिंहले बिश्वास गर्नुभएको छ।
पालिकामा सम्पादन गरेका सम्पुर्ण काम र जिम्मेवारी बारे मासिक रुपमा जिल्ला कार्यसमिति समक्ष प्रतिबेदन प्रस्तुत गर्नुपर्ने पनि सभापति सिंहले जानकारी दिनुभएको छ। सभापति सिंहले जाजरकोटको ७ वटै पालिकामा जिल्ला कार्यसमितिकै पदाधिकारी हरुलाइ पालिका संयोजकको जिम्मेवारी दिनुभएको छ। जिम्मेवारी पाउनेहरुमा तपशिलका पालिकामा तपशिलका ब्यक्तिहरु रहेकाछन।
शिवालय गाउँपालिका संयोजक पार्टी उपसभापति-खडक बहादुर बुढा, छेडागाड नगरपालिका संयोजक पार्टी सहसचिव-खडक बहादुर बुढा, जुनिचादे गाउँपालिका संयोजक(पुर्व जिल्ला कार्यसमिति उपसभापति) नेता सर्पराज रावत,कुशे गाउँपालिका संयोजक पार्टी सचिव- हरिश्चन्द्र बस्नेत,भेरी नगरपालिका संयोजक पार्टी सचिव- तेजबिक्रम शाह,नलगाड नगरपालिका संयोजक पार्टी सहसचिव-छवि पन्त, बारेकोट गाउँपालिका संयोजक (पुर्व क्षेत्रीय सभापति ) नेता महेन्द्र बहादुर शाह रहेका छन।







।
।



