बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

दैलेख ०५ फागुन : दैलेख सुर्खेतको सिमानामा पर्ने धरमपोखरा बजार हुँदै कचाली सुयडासम्मको बाटोमा चिङ्गाड गाउँपालिकाले अनावश्यक रुपमा मालिका सामुदायिक बन चिङ्गाड ४ लाई फडानी गर्दै बाटो खनिरहेकोछ।
धरमपोखरा देखि कचाली सुयडाको बाटो बिगत २-३ बर्षदेखी सञ्चालनमा आइरहेको छ। बाटो धरमपोखरा,सादाले हुँदै गुराँस गाउँपालिका ७ ओख्रेनिको मगर बस्तिलाइ छुनेगरी डेम्मरचौर र दैलेख सुर्खेत जाजरकोटको सुप्रसिद्द मालिका मन्दिरलाइ छुदै गुराँसे कचाली बाट सुयडा पुगेकोछ।
सोही बाटोलाइ मध्यनजर गर्दै ओख्रेनिका मगर बस्तिहरु आफ्नो गाउँलाई बाटोले छोएकोमा खुशी हुँदै मगर बस्तिको पुच्छर तिर भएको घरहरुलाइ दिनदिनै बढ्दोक्रममा बाटोको आसपास सार्दै आइरहेकाछन। ओख्रेनि बस्तिले मुख्य बाटोले आफ्नो गाउँलाई छोयकोमा सोही डेम्मरचौरलाइ मुटुको रुपमा मान्दै आइरहेकाछन। सोही ठाँउमा बस्तिमात्र होइन खेतीपाती पनि शुरु गरिसकेकाछन। जहाँ स्याउ, आलु,मुला जस्ता धेरै सम्भावना भएको भन्दै खेती शुरु गरिसकेकाछन।
हाल ओख्रेनी बस्तिलाइ मुटुमा छुरा हान्दै सुर्खेतको चिङ्गाड गाउँपालिकाले ओख्रेनी बस्तिलाइ छोएको बाटोलाइ खारेज गर्न खोज्दै जबर्जस्ती असहमति हुदाहुदै सादालेबाट मटेलिपोखरी हुँदै बस्तिबिहिन खेतीपाती बिहिन मालिका सामुदायिक बनलाई डोजर हालेर अनावश्यक रुपमा बनजङ्गल सत्यनास पार्दै आइरहेको छ। उक्त बनमा विभिन्न किसिमको प्रसस्त मात्रामा काठयोग्य रुखहरु र जडिबुटीहरु रहेकोछ।
हाल ओख्रेनी बस्तिले निम्न कुराहरुलाइ सम्बोधन गर्दै आव्हान गरेकाछन। बास्तबमा बाटो केको लागि ? बाटो आएपछी गाडी आउँछ अनि लामोलामो यात्रा पैदल हिडेर पुग्नुपर्ने ठाउँमा गाडिमा थोरै समयमा पुगिन्छ र जनताले सुबिधा सदुपयोग गर्न पाउनेछन। तर यहाँ सयौ घरलाइ छुरा हान्दै चिङ्गाड गाउँपालिकाले केही आफ्नो स्वार्थिय भावलाइ समेट्नको लागि सञ्चालन भैरहेको बाटोलाइ खारेज गर्दै नया ट्र्याक शुरु गरेकोमा ओख्रेनी बस्तीले उक्त बाटोप्रती घोर आपत्ति जनाउदै बारम्बार बाटो रोक्नको लागि सल्लाह दिदै आइरहेकाछन। तर चिङ्गाड गाउँपालिकाले उक्त सल्लाहलाई अस्विकार गर्दै जबर्जस्ति, मानोमानी ढंगले बाटो अगाडि बढाइरहेको छ।
हाल सञ्चालनमा आइरहेको बाटो दैलेख कोप्ची, बेस्तडा हुँदै पगनाथसम्मको लागि राज्यको रू. ४ करोड बजेट छुट्याइएको छ। र उक्त बाटोको लागि टेन्डर सम्म भैरहेकोछ। जस्लाइ चिङ्गाड गाउँपालिकाले वास्ता नगरी आफ्नै मनोमानी ढङ्गले नयाँ बाटो सञ्चालनमा ल्याउन खोज्दा ओख्रेनिबासी झनै आक्रोशित भएकाहुन।
हाल सञ्चालनमा आइरहेको बाटो र हाल जबर्जस्ति खनिदै गएको बाटोको दुरिमा थोरै मात्र तलमाथि भएको हुदा उक्त पहिलो सञ्चालनमा आएको बाटोनै सहि र जनपक्षीय बाटो भएको भन्दै सोही बाटोको बिषयमा बन डिभिजन कार्यालय सुर्खेत,र बन मन्त्रालय सुर्खेत सम्म जानकारी गराएइकोछ। बाटो यस्तै तरिकाले अगाडि बढाउदै लगिए जनपक्षीय आवाजलाइ सम्बोधन नगरिय जनताको सेवालाइ वास्ता नगरिए जनताको खुसिलाइ सम्बोधन नगरिए भोलिको दिनमा कानूनी रुपमा उच्च अदालत सुर्खेतमा मुद्दा  दाएरगर्ने सम्म तयारी गरिएको जानकारी दिनुभएको छ।
जानकारी दिनेहरुको नामलिष्ट निम्नानुसार छन।
१) प्रेम ब. रामजाली मगर – समाजसेवी
२)भक्त ब. रामजाली मगर- समाजसेवी
३)शंकर घर्ती मगर- स्थानीय बासी
४)दलसिङ बुढा मगर- स्थानीय बासी

सम्बन्धित खवर

Back to top button