ने. का. जाजरकोट क्षेत्रनं २ले जथाभावी उम्मेदवारी घोषणा गर्न बन्देज,घोषणा गरेमा पार्टीले आबश्यक कार्वाही गर्ने

जाजरकोट १२ फाल्गुन : नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) जाजरकोटले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई मजबुत गराउन पार्टीभित्रको अनुशासन कायम राख्न , पार्टीलाई चलयमान राख्न र निर्वाचनमा पार्टीलाई बिजय गराउन आफ्नो मातहतका पालिकालाइ निर्धारित गर्दै नेपाली काङ्ग्रेसको बिधानमा आवस्यक परेअनुसार बिभाग गठन गर्नपाउने भन्ने बिषयमा संबंधित रहि कार्यसमितिभित्रका पदाधिकारीहरुलाइ सभापति जनकराज शर्माले जिम्मेवारी तोकेका छन।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) जाजरकोटको नियमित बैठक मिती २०७८-११-११ मा पार्टी कार्यालय ढंगिलमा भएको सम्पन्न भएको छ। बैठकमा निम्नानुसारको बिषयहरुमा छलफल भएसङ्गै सोहिअनुसारको निर्णय पारित गरिएको छ। प्रस्तावहरु:१)खाता सञ्चालन सम्बन्धमा २)स्थानीय निर्वाचन  सम्बन्धमा ३)लेवि सम्बन्धमा ४)बिभाग गठन सम्बन्धमा ५)मनोनीत सम्बन्धमा ६)कार्यालय ब्यबस्थापन सम्बन्धमा ७)कार्य बिभाजन सम्बन्धमा ८)अनुपस्थित कार्यसमिति सम्बन्धमा ९)नियमित बैठक सम्बन्धमा १०) विविध
बैठकबाट तपशिलको बिभागमा तपशिलका पदाधिकारीहरुलाइ मनोनीत गरिएको छ।
१)सूचना सञ्चार तथा प्रचार बिभाग – पारस बिक्रम के.सि.(सहसचिव )
२)आर्थिक निति तथा योजना बिभाग -जय बहादुर नाथ ( उपसभापति )
३)अन्य पार्टी सम्पर्क बिभाग – टोपेन्द्र अधिकारी( छेडागाड नगरपालिका सभापति तथा पदेन सदस्य क्षेत्रीय कार्यसमिति)
४)अनुशासन विभाग-संयोजक मोतिलाल खत्री(उपसभापति) सदस्य नैनसरा सिंह, इन्द्र बुढा
५)यूवा तथा खेलकुद बिभाग-कृष्ण बहादुर शाही (सदस्य)
६)भातृसंघ समन्वयन बिभाग – निम बहादुर शाही (सचिव)
७)संगठन बिभाग प्रमुख -बम बहादुर खत्री ( सदस्य )
उक्त बैठकबाट पार्टीलाई चलायमान , अनुशासित र बिजय बनाउन जाजरकोट क्षेत्र नम्बर २ अन्तर्गत पर्ने शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुँनिचादे गाउँपालिका र कुशे गाउँपालिकाको लागि तपशिलका पदाधिकारी हरुलाइ कार्यबिभाजन गरेको छ।
१)शिवालय गाउँपालिका- दिपेन्द्र थापा मगर (सचिव)
२)छेडागाड नगरपालिका- मोतिलाल खत्री (उपसभापति)
३)जुँनिचादे गाउँपालिका- जय ब. नाथ (उपसभापति)
४)कुशे गाउँपालिका- निम ब. शाही (सचिव)
बैठकबाट नेपाली काङ्ग्रेसको बिधान सम्बन्धि संबंधित रहि  मनोनीत सदस्य र आमन्त्रित सदस्यमा तपसिल बमोजिम  मनोनीत गरिएकोछ।
तपसिल-
१) पदम ब. सिंह -कुशे १
२)तिलक ब. शाही – शिवालय २
३)पदम ब. परियार – जुँनिचादे २
४)पदम ब. खत्री – छेडागाड १३
५)भिम ब. शाही -जुँनिचादे ६
६)टसे बादी-छेडागाड ५
७)बल ब. बुढा -छेडागाड १
८)चक्र ब. बुढा-शिवालय ६
९)बिरबल राना-शिवालय १
१०)डिल्ली रेग्मी – शिवालय ८
११)नरेन्द्र सिंह -शिवालय ७
१२)हस्त ब.रोका- शिवालय ६
१३)बिजय लाल शर्मा – छेडागाड ८
१४)लक्ष्मिदेवी शाह – जुँनिचादे ६
बैठकमा सभापति जनकराज शर्माले  आगामी हुने स्थानिय , प्रदेश र सघंको निर्वाचनमा पार्टीलाइ बिजयी गराउन सबै नेता कार्यक्रर्ता आ-आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिनु भएको छ। साथै सभापति शर्माले सार्वजिक ठाउमा सार्बजनिक संजाल मार्फत जथाभावी वडाध्यक्ष, वडासदस्य, गाउँ/नगरपालिका अध्यक्ष/ उपाध्यक्ष,प्रदेश संसद जस्तो बिषयमा उम्मेदवार घोषणा  गर्ननपाउने निर्देशन गर्नु भयकोछ । यदि त्यसो गर्ने गरायको पाइएमा पार्टीले आवश्यक कार्बाही गर्ने निर्देशन आफुमातहतका ४ वटै  पालिकालाइ गर्ने बताउनुभएको छ र स्वयम क्षेत्रले पनि आवस्यक कार्बाही गर्ने जानकारी दिनुभएको छ।

सम्बन्धित खवर

Back to top button