आफुखुशी सार्वजनिक स्थानमा उम्मेदवारी घोषणा नगर्न नेपाली काङ्ग्रेस छेडागाडको अनुरोध


जाजरकोट १४ फाल्गुन: नेपाली काङ्ग्रेस छेडागाड नगरपालिकाको नगरकार्यसमितिले मिति २०७८-११-१० गते पार्टी कार्यालय मनघाटमा बसेको बैठकबाट आगामी हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै पालिकाभित्र पर्ने १३ वटा वडाहरुमा वडाध्यक्ष, वडासदस्य,नगर प्रमुख /उपप्रमुख जस्तो पदहरुमा आफुखुशी सामाजिक सञ्जाल , समाचार पार्टीलाइ कमजोर बनाउने तरिकाले सार्बजनिक स्थल चियापसल लगायतका ठाउँमा उम्मेदवारी घोषणा नगर्न,नगराउन र कसैको पक्ष विपक्षमा सार्बजनिक अभिव्यक्ति नदिन अनुरोध गरेकोछ।
नगरकार्यसमितीका सभापति टोपेन्द्र अधिकारीले पार्टीलाई चलायमान, सुदृढीकरण गराउन संगठन निर्माणका यात्रामा सवै नेताकार्यकर्ता, तरुणदल, विद्यार्थी संघ , महिला संघ ,दलित संघ , किसान संघ ,बुद्धिजीवी लगायत सम्पुर्ण कृयाशिल सदस्यहरूलाई प्रत्येक गाउँबस्ती, टोल, वडाहरुमा जनताको बिचमा जान अनुरोध गरेका छन। साथै पार्टीको निर्णय ब्यगर गतिविधि कतै गर्ने गराएको पाइएमा पार्टीले आवस्यक निर्णय गर्ने समेत जानकारी दिएकाछन।









