नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर


काठमाडौ ३० फाल्गुन:नेपाल राष्ट्रिय मगर संघको विधान २०६५ को धारा ४१ को (ख) बमोजिम केन्द्रिय सदस्यमा कर्णाली प्रदेशबाट दैलेख गुराँस गाउँपालिका ७ ओख्रेनी निबासी प्रेम बहादुर रामजाली मगर केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोछ।
दैलेखका रामजाली नेपाली काङ्ग्रेस पार्टीको एक कुशल र शसक्त कार्यकर्ताको रुपमा काम गर्दै आफ्नो सम्पुर्ण जीवन समर्पित गरि लागि पर्दै आएका छन। रामजालिको पार्टिप्रतिको लगानी लाई संमान गर्दै नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशले गत मङ्सिर ३ मा कर्णालीमा भएको नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेश प्रथम प्रदेश सम्मेलन कार्यक्रमबाट कर्णाली प्रदेश सभापति पुर्ण राना मगरले केन्द्रिय सभापति ओम बहादुर (घर्ती)थापा मगर समक्ष सिफारिस गर्नु भएको थियो।
मङ्सिरमा कर्णाली प्रदेशले गरेको सिफारिस बमोजिम आज नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय कार्यसमितिले आज पार्टी कार्यालय सानेपामा बोलाइ रामजालिलाइ केन्द्रिय सदस्यमा मनोनीत गरेकोछ।हालसम्म कर्णालिबाट केन्द्रिय सदस्यमा २ जना मात्र रहेका छन। रुकुम पश्चिमबाट जनक बाटा मगर पुरानो कार्यसमितिमा रहेका थिय भने आज दैलेख बाट रामजालीलाइ मनोनीत गरिएकोछ।










