लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ सहित ३ जना पक्राउ ।
सुर्खेत १८ चैत्र:सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नम्बर ८ गन्नेपानीबाट मिति २०७८।१२।१३ गते राति १२ बजेको समयमा भे.१.ख २७७९ नम्बरको मिनी ट्रकद्धारा बिरेन्द्रनगर तर्फ काठ लोड गरी अबैध रुपमा ओसार पसार गरीरहेको बेला इलाका प्रहरी लेकबेशीको प्रहरी सहायक निरीक्षक धन बहादुर नेपालीको टोलिले पक्राउ गरेकोछ।
अबैधरुपमा काठ ओसारपसार गरेको भन्ने स्थानीय बासिहरुले बन कार्यालय दशरथपुर र ईलाका प्रहरी कार्यालय लेकबेशीलाई गोप्य रुपमा सुचना दिएपश्चात कार्यालयबाट प्रहरी सहायक निरीक्षक धन बहादुर नेपालीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर लेकबेशी नगरपालिका वडा नं. ८ गन्नेपानी भन्ने स्थानमा रोकिरहेको अबस्थामा फेला पारी उक्त मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा संकास्पद रुपमा भुसको बोराहरु मुनी लुकाई छिपाई राखेको अबस्थामा साल जातको चिरानी गरेको सालको कडी ११० थान ( ५२.४१ क्यु फिट ) सहित फेला पारी उक्त गाडीमा रहेका साहुजि.दैलेख नारायण नगरपालिका वडा न. १ बस्ने बर्ष ३८ को याम बहादुर तारामी र जिल्ला बाजुरा बडीमालिका गाउँपालिका वडा नं. ६ बस्ने बर्ष अ. २५ को डम्मर बडुवाल समेत लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अन्य काठहरु यस लेकबेशी नगरपालिका वडा न. ८ गन्नेपानी बस्ने बर्ष अ. २४/२५ को श्याम चपाईको घरमा छ भनि बताएपछि निजको घरमा गई चेकजाँच गर्ने क्रममा घर नजिकैको टहरामुनी लुकाई छिपाई राखेको अबस्थामा साल जातको चिरान गरेको कडी ६३ थान ( २६.४९ क्यु फिट ) गरी जम्मा ७८.९ क्युफिट सालको काठ फेला परेको थियो। निज श्याम चपाई र उक्त काठ नियन्त्रणमा लिई जिल्ला वन कार्यालय सुर्खेतलाई आबश्यक कारबाहीको लागि बुझाईएको ।
श्रोतका अनुसार उक्त काठ लेकबेशी वडा नम्बर ८ का नेकपा एमाले बाट निर्बाचित वडाध्यक्ष लाल बहादुर तम्लाङी छोरा इश्वर तम्लाङीले ल्याउन पठाएको भन्ने जानकारी आएकोछ। हाल सोही केसलाइ राजनीतिकरणी गरेर मिलाउन खोजिएको भन्ने जानकारी एक स्थानीयले दिएकाछन। उक्त काठमा सङ्लग्न इश्वर तम्लाङी र नरेन्द्र छन्त्याल फरार भएकाछन।