नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का


जाजरकोट २६ चैत्र : नेपाली काँग्रेस छेडागाड नगरपालिका जाजरकोटले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय स्तरको निर्वाचनको लागि नगरपालिकाको मेयरको उम्मेदवारी सर्बसहमतिबाट रत्न खड्कालाइ टुंगो लगाएकोछ।
खड्का अघिल्लो चुनावमापनी मेयरको उम्मेदवारी बनेका थिय। तर झिनो मतान्तरले पराजित भएका खड्का यो पटकपनी सर्बसहमतिबाट मेयरको उम्मेदवार बनेकाछन। खड्का नेपाली काँग्रेसको १४औं महाधिवेशन बाट नेपाली काँग्रेस जाजरकोटको उपसभापति समेत रहेकाछन।
छेडागाड नगरपालिकाको मेयरको लागि शुरुमा जनाको उम्मेदवारी रहेको थियो जसमा जाजरकोट रत्न खड्का, रत्न अधिकारी, खडक बहादुर बुढा, जनकराज शर्मा, टोपेन्द्र अधिकारी, ललित बस्नेत ,कर्ण खड्का रहेका थिय। छलफलको अन्त्यमा ७ जना उम्मेदवार मध्य ५ जना उम्मेदवारहरुले रत्न खड्कालाइ समर्थन गरेका थिय भने खडक बहादुर बुढा अन्तिमसम्म उम्मेदवार छोडेका थियनन। छलफलको निष्कर्षमा टुंगो नलागेपछि बहुमतिय प्रणालीले रत्न खड्कालाइ मेयरको उम्मेदवार टुंगो लगाएका हुन।
नगरपालिकाको उपमेयरमा भने २ जनाको नाम सिफारिस भएकोछ। उपमेयरमा ७ जनाको उम्मेदवारी रहेको थियो जसमा रेश्मा शाही खत्री ,गिता शाही , नैनसरा सिंह , लाली आर.सी., सोना शाही , काली बहादुर खत्री ,जय बहादुर कार्की हुन। छलफलको क्रममा २ जना रेश्मा शाही खत्री र गिता शाही बाहेकका अन्य उम्मेदवारले उम्मेदवार फिर्ता लिएपछी अन्त्यमा २ जना रहेका थिय। २ जनामा सहमति हुन नसकेपछि २ जनाकै नाम नगरपालिकाले अगाडि सिफारिस गरेकोछ। जसमा रेश्मा शाही खत्री अघिल्लो निर्वाचनमा खड्कासङ्गै उपमेयरको उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिइन भने अर्का उम्मेदवार गिता शाही १४औं महाधिवेशन बाट कर्णाली प्रदेश कार्यसमितिको सदस्य हुन।















