कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”


डडेल्धुरा,२४ बैशाख : डडेलधुरा कांग्रेसका पूर्वसभापति एवं प्रदेश सांसद कर्णबहादुर मल्लले दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए भने प्रश्न गरेका छन् । यसको उत्तर २७ गते अपेक्षा रहेको पनी उनले बताए ।
शनिबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलामा भएको चुनावी कार्यक्रममा मल्लले आफुले पार्टीमा रहदा शेरबहादुर देउवा, रुख र पार्टीको अपमान नगरेको दाबी गरे ।



पार्टी सभापति शेरबहादुरलाई त्यहाँ पुर्याउन डडेल्धुरा, गन्यापधुरा, असिग्रामका जनता र मेरो ठुलो योगदान रहेको छ । देउवासंग कुनै प्रतिसोध होईन पार्टी विपरीतका कार्य विरुद्ध आफुले आवाज उठाएको मल्लले बताए ।
आफुले पार्टीमा न्याय नपाएपछि विद्रोहमा उत्रिन बाध्य भएको कर्ण मल्लले बताए । ४ बर्षदेखी देउवालाई भेटेर कुरा राख्न पटक पटक मौखिक र लिखित रुपमा निवेदन गरे अन्तिममा पनि आश राख्दा पनि कुनै वास्था नगरेको मल्लले बताए । आफुहरुले अधिवेशनको मनमुटाव, असन्तुष्टिलाई छोडेर स्थानीय तहको होमिन चाहेको तर नेतृत्व नचाहेकोले यो अवस्था आएको मल्लले चुनावी कार्यक्रममा बताए ।
‘ यहाँका जनताले आशीर्वाद मतदाताको आशीर्वादले जितेको बबुरो प्रदेश सांसदलाई उहाँको निर्देशनमा पार्टीको मुख्य सचिवको दस्खतबाट प्रदेश सभाको सदस्यको जिम्मेवारी रहेको कार्यकर्तालाई पार्टीको विधि, विधान, प्रक्रिया नपुर्याई पार्टीको साधारण सदस्य नरहने गरि फेरी १६ बर्ष पछि दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ।’
कांग्रेसविरुद्ध एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएपछि मल्लसहित नेताहरूलाई देउवाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन् ।








