शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा भाग लिने भनी केन्द्रिय कार्यसमितिले निर्णय गरेकोछ। यहि सन्दर्भमा जाजरकोट जिल्लामा गठबन्धन र पालिका भागबन्डाको कारण पटकपटक बैठक बसेपनी बैशाख १६ गतेसम्म भागबन्डामा कुरा नमिलेपछि नेपाली काङ्ग्रेस र नेकपा माओवादी बिच केही पालिकाहरुमा गठबन्धन गरिएपनी केही पालिकाहरुमा भने नेपाली काङ्ग्रेस र नेकपा माओवादीले आफ्नोआफ्नो उम्मेदवार तयार गरेकोछ।

निर्वाचन आयोगले उम्मेदवार खारेज गर्न पाउने उम्मेदवारले उम्मेदवारी फिर्ता लिन पाउने समय बैशाख १६ गतेसम्म थियो। उक्त समयसम्म कुरा नमिलेपछि आफ्नोआफ्नो प्रचारप्रसारमा उम्मेदवार हरु गाउँबस्तिमा चुनावी प्रचारप्रसार गर्न पुगेकाछन। तर नेपाली काङ्ग्रेस जाजरकोट र नेकपा माओवादी जाजरकोटले बैशाख १८ गते साझ गठबन्धन गरि जाने भनी निर्णय गरेको थियो।

उम्मेदवारले उम्मेदवारी फिर्ता लिन पाउने समयावधि
अथवा निर्वाचन आयोगले खारेज गर्न पाउने अबधि सकिएपछिको निर्णयलाइ नेपाली काङ्ग्रेस शिवालय र नेकपा माओवादी केन्द्र शिवालयले उक्त निर्णयमा असहमति जनाउदै आइरहेकोछ। तर नेपाली काङ्ग्रेस जाजरकोटबाट निर्वाचित पुर्व माननीय एबम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य राजीव बिक्रम शाह , नेकपा माओवादी केन्द्र जाजरकोटबाट निर्वाचित पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेत र नेपाली काङ्ग्रेस जाजरकोटका सभापति बेदराज सिंहले कार्यकर्ताको मनोभाव नबुझी कुनै एकाध ब्यक्तिलाइ फाइदा हुनेगरी उम्मेदवारको र वडासम्मको भागबन्डा टुंगो लगाएकोछ।

शिवालयमा २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले बिजय भएको वडाहरु क्रमशः ६,८,९ थियो भने नेकपा माओवादीले वडा नम्बर १,२ बिजय गरेको थियो।भागबन्डामा नेपाली काङ्ग्रेस लाई अध्यक्ष सहित ४ वडा र माओवादीलाई उपाध्यक्ष सहित ५ वडाभन्ने निर्णय भएको थियो। जसमा नेपाली काङ्ग्रेस जाजरकोटको नेताहरुले आफ्नो नातेदार हरुलाइ(जातीयता)को आधारमा(शाही)ठकुरीलेनै पाउनुपर्ने भनी उम्मेदवारबाट बन्चित नगराउनको लागि र आफ्नो नातेदारहरुले उम्मेदवारको टिकट नपाएपछी शिवालय वडा नम्बर ६ बाट नेपाली काङ्ग्रेसले २०७४ सालमा दुइतिहाइ बहुमतले जितेको वडाबाट जातीयताको आधारमा समानुपातिक रुपमा पालिका उपाध्यक्षको पदको उम्मेदवार धनरुपी थापा मगर(मगर) भएकै कारण र वडाध्यक्ष पदको उम्मेदवार धन बहादुर बुढालाइ (क्षेत्री) भएकै कारण आफ्नो उम्मेदवार नभएको भनी काङ्ग्रेसको बहुमत भएको निर्वाचित वडा नेकपा माओवादीलाई भागबन्डामा पारेकोछ।

  1. उक्त निर्णयविरुद्ध शिवालय काङ्ग्रेसको बैठक बस्दै आइरहेको समयमा शिवालय ६ बाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले गठबन्धन भङ्ग गरि आफ्नो पालिकाको उपाध्यक्ष र वडाको सवै टिमलाइ बिजय गराउन चुनाव प्रचारप्रसारमा लाग्ने निर्णय गरेकोछ। शिवालय ६ को नेपाली काङ्ग्रेसले बैशाख ३० मा हुने निर्वाचनमा नेपाली काङ्ग्रेसकै उम्मेदवार लाई १देखि ७ सम्म रुख चिन्हमा मतदान गरि नेपाली काङ्ग्रेसकै उम्मेदवार लाई बिजय गराउने निर्णय गरेकोछ। नेपाली काङ्ग्रेस शिवालय ६ ले गरेको निर्णयमा नेपाली काङ्ग्रेस जाजरकोटले कार्वाही गर्ने निर्णय गरे उक्त निर्णयविरुद्ध नेपाली काङ्ग्रेस शिवालय ६ कानुनी प्रक्रियामा जाने र कार्वाही भोग्न परे कार्वाहिको भागेदार हुनेभनी सवै नेता कार्यकर्ताहरुले निर्णयमा हस्ताक्षर गरि सर्वसहमतिबाट निर्णय गरेकोछ।

सम्बन्धित खवर

Back to top button