दुर्घटना भएको जहाजमा ३ जना चालकदलसहित १९ जना यात्रूको नामलिष्ट पत्ता लागेकोछ।

काठमाडौ १५ जेष्ठ : पोखराबाट जोमसोम उडेर बेपत्ता भएको जहाज लेतेमाथिको पहाडमा दुर्घटना भएको छ।उक्त जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका ३जना सहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ । जसमा १६ जना नेपाली र ६ जना बिदेशी रहेकाछन। चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

सम्बन्धित खवर

Back to top button