जुँनिचादेमा गाडी दुर्घटना: २ जना घटनास्थलमै मृत्यु ९ जना गम्भीर घाइते


दिपेन्द्र थापा मगर
जाजरकोट २७ जेष्ठ : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको छ । विहिवार राति सुर्खेतबाट जुनीचाँदेका लागि छुटेको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे जादै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो गाडि दुर्घटना भएको हो । जुनीचाँदे ५ लामा तडाको बाटो अबरुद्ध भएका कारण लुहादह हुदै गर्खाकोट आएको गाडी दुर्घटना भएको जुनीचाँदे गाउँपालिका ५ वडा अध्यक्ष जय बहादुर बस्नेतले बताए ।
बिहान भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा जुनीचाँदे ५ स्यालाकी नाना गिरी र जुनीचाँदे ६ का दर्शन शाही रहेको इलाका प्रहरी कार्यालय गर्खाकोटले जनाएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन घाइतेहुनेमा जुनीचाँदे गाउँपालिका स्रोत व्यक्ती विष्णु कुमार शाही र शिक्षक बिर बहादुर शाहीको नाम सनाखत भएको छ ।
घाइते मध्य ५ जनाको अवस्था गम्बीर रहेको वडा अध्यक्ष बस्नेतले बताए । जिप जुनीचाँदे गाउँपालिका ५ बलेपुइन नजिकैको मोर्डमा दुर्घटना भएको हो । जुनीचाँदे गाउँपालिका ६ वडा अध्यक्ष लक्षमी शाहको रहेको स्थानीयको भनाइ छ । घाइतेहरुको तत्काल उद्धारको लागि हेलिकप्टर पहल भएको जुनीचाँदे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश केसीले बताए।

घाइतेहरुको हेलीकप्टबाट उद्धार गर्ने तयारी रहेको उनको भनाइ छ । घाइतेहरुकाे प्रथामिक उपचारका लागि प्रथामिक स्वास्थय चाैकी गर्खाकाेटबाट स्वास्थ्यकर्मी परिचालन गरिएकाे जुनीचाँदे गाउँपालिकाले जनाएकाे छ ।
गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका- ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन ।
गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइ कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दैगरेको जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।













