काठमाडौं महानगरले मेट्रोको अध्ययन गर्न संघ सरकारसँग सहकार्य गर्ने

मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेट्रोबारेको अध्ययन अघि बढाउन संघ सरकारसँग पहल र सहकार्य गर्ने योजना ल्याएका छन् ।

अहिले काठमाडौंमा मेट्रोल रेलमा लागि रेल विभाग र लगानी बोर्डले सम्भाव्यता अध्ययन गरिरहेका छन् । रेल विभाग काठमाडौंको सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक (महाराजगञ्ज) खण्डको ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रोरेल’ चलाउन सम्भव नहुने देखिएपछि अब भूमिगत मेट्रोबारे अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगिसकेको छ ।

लगानी बोर्डले धुलिखेल–नागढुंगा मेट्रो रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बारे कुनै विषय सार्वजनिक गरेको छैन । २०७४ सालमा बोर्डले गरेको प्रारम्भिक अध्ययनले निर्माण थालेको काठमाडौंमा रेल सेवा सम्भव रहेको देखाएको थियो ।

सम्बन्धित खवर

Back to top button