डडेल्धुरा,१५ असार : त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले निकट प्रगतिशील कर्मचारी समूह विजयी भएको छ ।
मंगलबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धनको प्यानललाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले निकट प्यानल नै निर्वाचित भएको छ । डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे भएका हुन ।
असार १० गते देशभर भएको निर्वाचनको मतगणना असार १४ गते राति सकिएको हो । त्रिवि कर्मचारी संघको उपाध्यक्षमा सुदुर पश्चिम एमाले निकट प्रगतिशील कर्मचारी समूहका मिङ्ममा दोर्जे शेपा २१५६ मत सहित बिजयी भयका छ्न । शेर्पा डडेलधुरा बहुमुखी क्याम्पस डडेलधुराका लेखा सहायकमा कार्यरत कर्मचारी पनि हुन
डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै
काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...