विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार
जाजरकोट २० असार: जिल्लाको पश्चिम भागमा अवस्थित छ शिवालय गाउँपालिका । यस गाउँपालिका धरातल हिसाबले हेर्दा सानो अनि चिटिक्क परेको छ। जहाँ बिकास र निकासको प्रवल संभावना रहेकोछ।
शिवालय गाउँपालिकालाई बिकासको क्रममा नियाल्दै गर्दा ७५% काम राम्रो भैरहेको देख्न सकिन्छ। जहाँ बाटो, खानेपानी, कृषि, मठमन्दिर, सरकारी भवन निर्माण , आधारभुत स्वास्थ्य क्षेत्र, बिजुली बत्ती पनि पालिकाको सवै वडाहरुमा केही बर्षमै पुग्नसक्ने अनुमान गर्न सकिन्छ भने पालिकामा बिजुली बत्ती पुगिसकेको छ।
तर एउटा समस्या शिवालय गाउँपालिकाले नचाहदा नचाहदै पनि शिवालय गाउँपालिका भित्रको शैक्षिक क्षेत्रमा भने चरम लापरबाही, भ्रष्टाचार हरुको बिगबिगी बढिरहेकोछ। जहाँ शैक्षिक प्रयोजनका लागि भन्दा पनि ब्यक्तिगत प्रयोजन र फाइदाको लागि ठुलोठुलो भवन निर्माणका लागि योजना हरुमात्र प्रयोगमा ल्याइदै आइरहेकोछ। जहाँ भवन निर्माणकार्यकै नाममा २ बर्ष ५ बर्ष अगाडि बनाइएका भवनहरुलाइ भत्काउदै पुन सरकार सङ्ग आर्थिक माग गरि भवन बनाउने नाममा बिधालय ब्यबस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक पालिदै आइरहेको छन।
यहि सन्दर्भमा आज शिवालय गाउँपालिका वडा नम्बर ६ मा पर्ने श्री इन्द्र ज्योती माध्यमिक विधालयको एउटा समस्या लाई बिधालय ब्यबस्थापन समितिको केही पिडित सदस्यहरू बाट साभार गर्न गैरहेका छौ। शिवालय गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने श्री इन्द्र ज्योती माध्यमिक बिधालय भौगोलिक हिसावले वडा नम्बर ५ र ६ को संयूक्त पर्दछ। जहाँ बिद्यार्थी हरु दुइओटै वडाहरुबाट आउने गरेका छन। यो बिधालय शुरूवात बाटनै कहिले कसैको लागि कहिले कसैको लागि आर्थिक लुट्ने माध्यम बन्दै आएको छ। यस्तै हाल अहिलेको अवस्थामा आइसक्दा पनि बिधालयको भवनको स्वरुप फेरिएपनी पढाइको स्तरोन्नति र बिधालयमा हुने चरम लापरबाही र भ्रष्टाचार भने जस्ताको त्यस्तै छन।बिधालय ले बर्षभरिको आर्थिक आय ब्ययको सार्बजनिक सुनुवाइ सम्म गरेकोछैन।बिधालय मा भएको भौतिक सामाग्री सोलार हरुपनी हावाले उडाएर तहसनहस पारेको छ भने ब्यबस्थापन समिती र प्रध्यानाध्यापकको लापरबाहीले गर्दा उक्त पाताहरु बाहिरै फिल्डमा महिनौसम्म छरपस्ट हालतमा भएको कारण स्थानीय केटाकेटीहरुले ढुङ्गाहरुले हानेर कामै नलाग्ने बनाएका छन।
इन्द्र ज्योती माध्यमिक विद्यालयमा मिति २०७७ साल माघ २० गते नयाँ बिधालय ब्यबस्थापन समिती गठन भएको थियो। जस्मा बिधालय ब्यबस्थापन समितिमा अध्यक्ष बिनोद कुमार शाही को नेतृत्वमा ५ सदस्यहरु गठन भएका थिए। जस्मा सदस्यहरु क्रमशः दिपेन्द्र थापा मगर,सिर्जना रेग्मी शाही, दिपक खत्री, लक्ष्मी शाहि (के.सि), बिमला शाही रहेका छन। बिधालय ब्यबस्थापन समिति गठन भैसकेपछी बिधालयमा २ जना शिक्षक नियुक्त भएका छन २ वटा पक्की भवन निर्माण भैसकेको छ भने एउटा नयाँ भवन निर्माण हुँदै गरेकोछ। उक्त बिधालयमा कक्षा १२ सम्म अध्ययन गराउदै आइरहेको छ।
बिधालय ब्यबस्थापन समिती गठन भैसकेपछी बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बिनोद कुमार शाही र प्रधानाध्यापक निम बहादुर खत्रीले बिधालयको बैठक नबसाली आफुखुशी शिक्षक दरबन्दीको बिज्ञापन खोली आफु मातहतमा ब्यक्तिहरुलाइ दरबन्दीमा नियुक्त गर्दै आइरहेका छन।त्यस्तै बिधालयमा नया बनेको २ वटा पक्की भवनको आय ब्यय कुनैपनी बिधालय ब्यबस्थापन समितिको बैठक नबसालिकन आफुखुसी निर्माण गरिएको छ। भने नयाँ बन्दै गरेको भवनको बारेमा बिधालय ब्यबस्थापन समितिको सदस्यहरूलाई जानकारी नै गरिएको छैन।
त्यस्तै बिधालयले कक्षा ११-१२ को शैक्षिक शुल्कमा पनि चर्को रकम असुल्दै आइरहेको छ। बिधालयले कक्षा ११-१२ को विद्यार्थीहरुबाट रू.७०००/- रकम लिदै भर्ना लिदै आएकोछ। जहाँ त्यो रकम कहाँ जान्छ भन्ने सम्म बिधालयका सदस्यहरुलाइ अहिलेसम्म अत्तोपत्तो गराइएको छैन। अनुमान गर्न सकिन्छ रकम सदुपयोग बिधालयमा कक्षा ११-१२ पढाउने दरबन्दी नभएको कारण बिधालयमा कक्षा १० सम्म अध्यापन गराइदै आइरहेको शिक्षकहरुलेनै कक्षा ११-१२ पनि पढाउनुपर्ने भएकोले उक्त शिक्षकहरुलाइनै तलब खुवाइयो कि भन्ने सन्दर्भ तर त्योपनी देखिएको छैन। किनभने कक्षा ११-१२ सञ्चालन भैसकेपछी अहिलेसम्म आफुले ११-१२ मा पढाएको तलब नपाउने शिक्षकहरुपनी त्यही बिधालयमा प्रमाणको रुपम साक्षीनै रहेकाछन।
बिधालयमा उठाइएको चर्को शुल्क जस्को हातमा पर्यो उसैले आफ्नो पकेटमा राख्दै आइरहेको र सोझो इमानदार शिक्षकहरुले आफ्नो इमानदारी र पसिनाको मिहिनेत सम्म नपाएको प्रष्ट देख्न सकिन्छ। उक्त बिधालयमा सरकार बाट भवनहरु निर्माण हुदै गर्दै आइरहेपनी सरकारले बेरोजगार हरुकोलागी रोजगार दिदै आइरहेको प्रधानमन्त्री रोजगार मुख्यमन्त्री रोजगारिको कामपनी त्यसै विधालयलाइ प्राथमिकतामा राखी योजनाहरु लिइदै आइरहेको छ। बेरोजगार हरुको समूहले पाएको रोजगारको रकममा पनि बिधालयले हस्तक्षेप गरेको छ। जहाँ बिधालयमा काम गर्दै जादा आवस्यक तारजाली ,रंग लगाउने काम र सामान खरिद मा समेतको उनीहरुको रकमबाट कटाउने गरि बेरोजगारको सुचिमा परेका ब्यक्तिभन्दा बाहेकका ब्यक्तिहरुलाइ जिम्मा लगाइ उनिहरुको सरकारले दिएको सेवा सुबिधामाथि चरम भ्रष्टाचार गर्दै आइरहेका छन।
उक्त बिधालयमा पढाइको सन्दर्भ लाई जोड्दै गर्दा अधिकाङ्स शिक्षकहरु अस्थायी रहेकाछन। जहाँ उनिहरुमध्य अधिकाङ्स राजनीतिक दलसङ्ग आबद्ध रहि शिक्षक दरबन्दीमा पावर पउचकै भरमा कसैलाई जानकारी नगराइ नियुक्त भएका हुन भने केही मात्र इमानदार शिक्षक हरु छन। बिधालयमा अस्थायी ,स्थायी शिक्षकहरु मध्य केही शिक्षकहरु र बिधालयका प्राबिबिधिक कर्मचारीहरु महिनौ, आधी बर्षौ सम्म पनि बिधालयमा अनुहार नदेखाएर एकैचोटि आइ हाजिर गरि तलब पचाउदै आइरहेको स्थानीय जनताहरुको जनगुनासो छ। उक्त बिधालयमा अहिलेसम्म कुनैपनी अख्तियार हरुले छानबिन सम्म गर्नसकेका छैनन। जहाँ भ्रष्टाचार गर्नमा ठुलाठुला मान्छेहरुको समेत हात रहेकोछ।
बिधालयको कर्मचारी र ब्यबस्थापन समितिको अध्यक्षको कारण उक्त बिधालयमा पढाइको स्तर शून्य रहेको छ। जहाँ पढाइ बिनाको परिक्षा चिट बिना संभावना पनि गर्न सकिँदैन। उक्त बिधालयमा परिक्षामा पास हुने सन्दर्भ परिक्षा दिनकै लागि र पास हुनकै लागि जिल्ला भन्दा बाहिरबाट पनि प्रसस्त अबैधानिक बिद्यार्थी हरु आउने गरेकाछन।भने उक्त बिधालयमा निरन्तर अध्ययन गर्दै आइरहेका बिद्यार्थी हरुपनी भारतको विभिन्न ठाउहरुमा पैसा कमाउन गइरहेको छन भने परिक्षामा आएर परिक्षा चिट चोरेर दिई पास हुँदै आएका छन। जुन बिधालयमा आर्थिक लोभकै कारण बिद्यार्थी हरुलाइ आफुले पढिरहेको कक्षा भन्दा स्टेप बढाएर एस. इ. इ .पास सम्म गराइएको रेकर्ड पनि छन।भने कक्षा ११ को परिक्षा नदिएर केही आर्थिक दिएकै भरमा उक्त विद्यार्थी कक्षा १२ को परिक्षामा सम्म सामेल हुन पाएको स्थानीय हरुले गुनासो गरेका छन। शिक्षा जस्तो महत्त्वपूर्ण सस्था र बिधामा यस्तो भ्रष्टाचार र लापरबाहीले गर्दा धेरै यूवाहरुको भबिस्यमाथी खेलबाड भैरहेको छ।
बिधालयमा कक्षा ११-१२ अध्ययनरत बिद्यार्थीहरुले समेत आफ्नो अङ्ग्रेजीमा परिचय दिन र सामान्य जोड घटाउ सम्म गर्न नसक्ने अवस्था छ। बिधालयको शिक्षकहरु महिनौ दिनसम्म बिना निवेदन अनुपस्थित हुने गरेकाछन। सोही कुराहरुले गर्दा स्थानीय हरु पिडित बन्दै आइरहेको छन। उनीहरुको भनाइ छ अहिलेको यो प्रतिस्पर्धाको जमनामा यस्तो पढाइमा लापरबाही हुँदै आए कसरी बन्ने भोलिको देशको कर्णाधार? कसरी हुने निजामती कर्मचारी कसरी बन्ने राष्ट्रको सेवक? त्यसैले उक्त बिधालय मात्र नभइ शिवालय गाउँपालिका भित्रका अधिकाङ्स बिधालयहरुमा शिवालय गाउँपालिका र शिक्षा शाखाले पूर्ण रुपमा निगरानी राख्नुपर्ने र
शिवालय गाउँपालिकाभित्रका बिधालयहरुमा अख्तियारले छानबिन गर्न आवस्यक रहेको बिधालयका सदस्यहरु र स्थानीय जनताहरुले जानकारी दिएकाछन।