दिपेन्द्र थापा मगर
जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर बुढा मगर र आमा शिल्धरा पून मगरको कोखबाट जन्म भएको शिशिर मगर परिवारका जेष्ठ सुपुत्र हुन।
गरिब परिवार र दुर्गम बस्तीमा जन्म भएको शिशिर मगरको १ भाइ र २ वटा बहिनिहरु छन। परिवारमा जेष्ठ शुपुत्रका रुपमा रहेका शिसिरले सानै उमेरमा बुवा गुमाउनुपर्यो। बुवाको निधन पश्चात् एक्लो आमाको भरोसामा रहेको त्यो ५ जनाको परिवार दिन गुजारा गर्दै टरिरहेकोछ।शिशिर मगर सानै उमेर देखि भलिबल खेलमा उत्कृष्ट खेल देखाउदै गाउँपालिका हरुको अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा अनुशासन र प्रथम पुरस्कार बिजेता हुँदै आइरहेको छन।शिशिर खेल सङ्गसङ्गै पढाइलाई पनि निरन्तरता दिदै आइरहेको छन।
शिसिरले गाउँकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मेनेजमेन्ट बिषयमा ब्याचलर प्रथम बर्षमा अध्ययन गर्दै आइरहेको छन। परिवारलाई गरिबीले सताउदै आएपछि उनको भाइ भने भारतमा काम गरि आर्थिक सङ्कलन गर्न गएका छन।

शिशिर मगर शिवालय गाउँपालिकामा भएको तेस्रो अध्यक्ष कप राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर प्रथम भएका थिए। क्षेत्रीय गेमको लागि जिल्लामा जेष्ठ १५-१७ सम्म खेल भएको थियो । त्यसमा शिशिर चुनिएका थिए। क्षेत्रीय खेलाडीमा चुनिएपछी असार २४-२५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश खेलकुद बिकास परिषद द्वारा आयोजित कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ०८ जिल्लाका खेलाडीहरु जुनियर नेसनल खेल खेल्नको लागि सहभागी भएको थिए। जस्मा कर्णाली प्रदेशबाट ९ जना खेलाडी जुनियर नेसनल खेलको लागि चुनिएकाछन। जुनियर नेसनल खेल काठमाडौमा असार २८ गते हुदैछ।

।

जुनियर नेसनल खेलमा जाजरकोटबाट विभिन्न खेलतर्फ ७ जना खेलाडी चुनिएकाछन। जसमध्ये भलिबलतर्फ छात्र खेलाडी २ जना खेलाडी जुनियर नेसनल खेलको लागि चुनिएका छ्न।जसमध्ये शिवालय गाउँपालिकाबाट शिशिर मगर भेरि नगरपालिका बाट अर्जुन बि.क चुनिएका हुन। छात्राभलिबल खेलाडीमा सीता सिंह चुनिएका छन।कबड्डीमा छात्र तर्फ मौसम बि. क. छात्रातर्फ झरणा के सि चुनिएका छन।छात्र करातेबाट यूनिसा बुढा छात्र तेक्वान्दो तर्फ धन बहादुर शाही राष्ट्रिय नेसनल खेलको लागि चुनिएका छन। खेलाडी हरु अहिले काठमाडौ पुगिसकेको छन।

।

।
हसिलो अनुहार भएको चिटिक्क परेको शिशर मगर खेलमा पनि अनुसासित खेलाडीमा पर्दछन।